भीमेश्वर नगरपालिकाले आगामी शैक्षिक सत्रका लागि स्थानीय विषयको पाठ्य पुस्तक उपलब्ध गराउने

हिमालय टाइम्स
Read Time = 3 mins

‍-नवराज शिवाकोटी

दोखला । भीमेश्वर नगरपालिकाले स्थानीय विषयको पाठ्यपुस्तक उपलब्ध गराउने भएको छ । शैक्षिक सत्र २०८० का लागि नगरपालिकाले स्थानीय विषयको पाठ्य पुस्तक उपलब्ध गराउने भएको हो ।

नगरले अघिल्लो शैक्षिक सत्रमा नै पाठ्यक्रम निर्माण गरी सकेको भएतापनि पाठ्य पुस्तक उपलब्ध नभएको अवस्थामा शैक्षिक सत्र २०८० को लागि पाठ्य पुस्तक उपलब्ध गराउने भीमेश्वर नगरपालिका शिक्षा शाखाका प्रमुख अर्जुन कार्कीेले जानकारी दिनुभयो ।

अघिल्ल्लो शैक्षिक सत्रबाट नैं पाठ्यक्रम तयार गरी लागु गरिएता पनि शिक्षकका लागि निर्देशिका मात्र थियो तर पाठ्य पुस्तक भने तयार थिएन ।

अबको शैक्षिक सत्रबाट भने विद्यार्थीको हातमा पाठ्य पुस्तक पु-याइन लागेको  नगरपालिकाले जनाएको छ । कक्षा एक देखि आठ सम्मका लागि 'भीमेश्वर सेरोफेरो' नामक पाठ्यपुस्तक प्रकाशन गरि वितरण गरिने नगरको भनाई छ ।

आधारभूत तहमा स्थानीय विषको रुपमा लागु गरिने साे पुस्तकमा भीमेश्वर नगरभित्रका आर्थिक, साँस्कृतिक, साहित्यिक, ऐतिहासिक, धार्मिक, पर्यटकीय गतिविधि लगायतका विषयवस्तु समेटिएको शिक्षा शाखा प्रमुख कार्कीकाे बताउनु भयाे ।

कक्षा एक देखि ५ सम्मका लागि साझा प्रकाशन मार्फत पुस्तक छापाईको क्रममा रहेको तथा कक्षा सात र आठको लागि भने पुस्तक छपाईका लागि बोलपत्र आह्वान गरिएको कार्कीले जानकारी दिनुभयाे । शैक्षिक सत्र सुरु भएको एक–दुई महिना भित्र विद्यार्थीहरुलाई पाठ्यपुस्तक उपलब्ध गराउने गरी काम भइरहेको उहाँले बताउनु भयो । कक्षा सात र आठको हकमा पनि पाठ्पुस्तक तयार भइसकेकोले बोल पत्र स्वीकृत हुनासाथ छाप्नकालागि पुस्तक पठाइने भीमेश्वर नगरपालिका शिक्षा शाखाले जनाएको छ ।

भीमेश्वर नगर भित्र कक्षा एक देखि आठ सम्म चलेका कुल २५ विद्यालय रहेको भीमेश्वर नगरपालिकाको तथ्याङ्क छ । शैक्षिक शत्र २०८० को लागि ती विद्यार्थीका लागि करिब आठ हजार पुस्तक आवश्यक पर्ने भीमेश्वर नगरपालिकाको अनुमान रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?