उच्च अदालत सुर्खेत, जुम्ला इजलासबाट ३७ प्रतिशत मुद्दा फछ्र्यौट

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला  । चालु आर्थिक वर्षको आठ महिना यता उच्च अदालत सुर्खेत जुम्ला इजलासले ३७.३९ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । उच्च अदालत जुम्ला इजलासका मुख्य न्यायधीश श्रीमण कुमार गौतमले दिएको जानकारी अनुसार दुई सय ३० मुद्दा मध्ये चालु आर्थिक वर्षको चैत २७ गतेसम्म ८६ वटा मुद्दा फछ्र्यौट भएको जानकारी दिनुभयो ।

मंगलबार जिल्ला स्थित पत्रकारसंग भेटघाट कार्यक्रममा बोल्दै मुख्य न्यायधीश गौतमले भन्नुभयो,“अदालतमा १४४ वटा मुद्दा फैसला हुन बाँकी रहेकाछन् । फछ्र्यौट हुन बाँकी रहेका मध्ये ४ वटा मुद्दा चार वर्षे नाघेकोका मुद्दा फछर्योट भएको उच्च अदालत सुर्खेत जुम्ला इजलासका मुख्य न्यायधीश गौतमको भनाइ छ । उच्च अदालत जुम्लामा दुई वटा इजालस छन् । चालु आर्थिक वर्षमा चार वर्ष भन्दा बढी पुराना मुद्दाको संख्यालाई शुन्यमा ल्याउने अदालतको लक्ष्य रहेको मुख्य न्यायधीश गौतमले बताउनुभयो ।

आगामी आर्थिक वर्षमा मुद्दा बाँकी नराख्ने गरी काम गर्ने अदालतले जनाएको छ । न्यायिक निति तथा आफ्नै प्रयासका कारण अहिले सेवाग्राहीहरु बिच लोकप्रिय हुदै गएको छ । अदालतमा मुद्दा परे बर्षो भुल्नु पर्ने मान्यतालाई अदालत केही हद सम्म तोडन सफल भएको निमित्त रजिष्टार राकेशमणि उपाध्यायले जनाकारी दिनुभयो ।

अदालतमा पर्ने मुद्दा तथा फछर्योट हुने गतिका कारण अदालत झण्झटिलो प्रक्रिया हुने गरेका कुरा सेवाग्राहीले बिस्तारे भुल्दै गई रहेको उच्च अदालत सुर्खेत जुम्ला इजलासले जनाएको छ । अदालतमा मुद्दा लिएर आउने सेवाग्राहीले राहतको महशुस हुने गरि काम भइरहेको अदालतले जनाएको छ ।

उच्च अदालत सुर्खेत, जुम्ला इजलासको तथ्यांक अनुसार कर्तव्य २० वटा, जबरजस्तीकरणी र उद्योग ३२ वटा, बालविवाह ३ वटा, लागुऔषध १३ वटा, ज्यानमार्ने उद्योग ८ ओटा, जजरजस्ती करणी र बालविवाह १ वटा, अपहरण ३ वटा, पुरातत्व चोरी १ वटा, हाड नाता करणी १ वटा, अपराधिक उभद्र ४ वटा मुद्दा दर्ता भएको जनाएको छ

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?