यस्तो छ तपाईंको चैत २९ गते बुधबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ चैत्र २९ गते बुधबार, ई.सं १२ अप्रिल, २०२३ । तिथि- वैशाख कृष्णपक्ष सप्तमी, नक्षत्र- मूल, योग- परिघ, करण-भद्रा, चन्द्रराशि- धनु, सूर्योदयः ५ः४५, सूर्यास्तः १८ः२६ ।

मेष : शारीरिक आलस्यताले कार्यक्षेत्रमा व्यवधान आउनेछ ।

वृष : पढाइलेखाइको सिलसिलामा स्थान परिवर्तन हुनेछ ।

मिथुन : दुर्घटनाका साथै चोटपटकको समेत भय रहेको छ ।

कर्कट : वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ ।

सिंह : लक्ष्मी प्रशन्न रहनाले धनलाभ मिल्नेछ ।

कन्या : प्रेमीप्रेमिकामा केही किचलो निम्तनेछ ।

तुला : अनावश्यक कार्यमा धन खर्च हुनेछ ।

वृश्चिक : कठिन परिस्थितिको डटेर सामना गरिनेछ ।

धनु : अपरिचित व्यक्तिसँग सहकार्यको अवसर मिल्नेछ ।

मकर : राजनीतिक क्षेत्रको चुनौती थपिनेछ ।

कुम्भ : सरकारी नोकरीमा केही झमेला बेहोर्नु पर्नेछ ।

मीन : मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?