नयाँ कर्मचारीलाई वाणिज्य बैंकको अभिमुखीकरण

Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नवनियुक्त सहायक ७४ जना कर्मचारीका लागि १४ दिने पूर्वसेवाकालीन तालिम सञ्चालन गरेको छ । बैंकले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तर्वार्ताबाट लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि छनोट भएका प्रशासन सेवाका कर्मचारीका लागि तालिम सञ्चालन गरेको हो । तालिम कार्यक्रम उद्घाटन गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले कर्मचारीले १०-५ को नोकरीमात्र नगरेर व्यावसायिक ढंगबाट काम गरेमा ग्राहक सन्तुष्ट भई संस्थाको उत्पादकत्व वृद्धि हुने बताउनुभयो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीले नवनियुक्त कर्मचारीले कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्यबोध गराउँदै ग्राहकको बैंकप्रतिको विश्वास बढ्ने गरी काम गर्नुपर्ने बताउनुभयो ।

मानव संसाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले कर्मचारीलाई बैंकको कर्मचारी सेवा विनियमावलीबमोजिम शपथ गराउनुभएको थियो । सो अवसरमा बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विनयरमण पौडेल, विभागीय प्रमुख पद्मालक्ष्मी जिसी, मानव संसाधन विभागका उपप्रमुख हरिबाबु आचार्यलगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?