नेपाली आरोहीहरूले अमेरिकाको डेनाली हिमालको आरोहण गर्ने

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । अमेरिका-नेपाल मैत्री अभियानअन्र्तगत नेपाली आरोहीहरूले अमेरिकाको डेनाली हिमालको आरोहण गर्ने भएका छन् । नेपालका अनुभवी हिमाल आरोहीहरूले अमेरिकाको डेनाली हिमाल अरोहण गर्ने भएका हुन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी दशजनाको अनुभवी हिमाल आरोहीहरूले नेपालको नाम विश्व समुदायमा स्थापित गर्न डेनाली हिमाल आरोहण गर्न लागेको जानकारी दिएका हुन् ।

अनुभवी आरोहीको टोलीले सगरमाथाको सफल आरोहणको ६०औँ वार्षिकोत्सवको उपलक्ष्यमा अमेरिका-नेपाल मैत्री आरोहणको दोस्रो संस्करणअनुसार हिमाल आरोहण गर्न लागेका हुन् । टोलीले जुनमा अलास्काको डेनाली हिमाल आरोहण गर्ने बताइएको छ । टोलीलाई नेपाल–अमेरिका मित्रताको झण्डा अमेरिकी दूतावासका जनमामिला प्रमुख ग्यारेट ई.विल्करसं टघनले हस्तान्तरण गर्दै अभियाको सफलताको शुभकमना दिनुभयो । टोलिको नेतृत्व नेपालका उच्च अनुभवी पर्वतारोही पासाङ फुर्वा शेर्पाले गर्नुहुर्नेछ भने नेपालस्थित अमेरिकी दुतावासका विल्करसन र अमेरिका-नेपाल मैत्री अभियानको पहिलो संस्करणका प्रमुख कर्मा तेन्जिङले समन्वय गर्ने बताइएको छ । सगरमाथामा अमेरिकी सफल आरोहणको ६० औं बार्षिकोत्सवको उपलक्षयमा डेनाली आरोहणको उद्देश्य दिगो पर्वतारोहण अभ्यासलाई प्रर्वद्धन गर्ने, डेनालीमा इको-अभियान प्रविधिहरू सिक्ने र पर्वतारोहणमार्फत दुई राष्ट्रबीचको सम्बन्धलाई बलियो बनाउनु रहेको टोलीका नेता पासाङ फुर्वा शेर्पाले बताउनुभयो ।

डेनालीमा टोलिको नेतृत्व पासाङ र मार्क परेलाले संयुक्त रूपमा गर्नुहुने छ । आरोहण गर्ने अनुभवी टोलीमा मार्क परिला, पासाङ फुर्वा शेर्पा, थानेश्वर गुरागाईं, पासाङ गेलु शेर्पा, ग्याल्जेन शेर्पा, छिरिङ पेम्बा शेर्पा, लाक्पा डेण्डी शेर्पा, पेम्बा नुरु शेर्पा, मिङमा टेण्डी शेर्पा र कर्मा तेन्जिङ रहनुहुने छ ।

गेल्जे शेर्पा सोलुखुम्बुका दक्ष पर्वतारोही हुनुहुन्छ । उहाँ आठ हजार माथिका १४ वटा हिमाल आरोहण गर्ने अभियानमा हुनुहुन्छ । थानेश्वर गुरागाईं एसएसटीका अभियान प्रवन्धक विभिन्न विद्यामा धेरै गिनिज वल्र्ड रेकर्ड राख्नुभएको छ । उहाँ गिनिज वल्र्ड रेकर्डमा आधिकारिक सल्लाहकार हुनुहुन्छ । २०१५ देखि उहाँले सगरमाथा शिखरमा सफलतापूर्वक पुग्ने पर्वतारोहीको रेकर्ड कायम राख्नुभएको छ । आठ हजार माथिका अन्य चुचुरा र उहाँले युरोपका सबैभन्दा अग्ला हिमाल माउण्ट एल्ब्रसको सफल आरोहण गर्नुभएको छ ।

मिङमा तेन्जी शेर्पा पनि अनुभवि अरोही हुनुहुन्छ । नेपालका हिमाल र पाकिस्तानका हिमाल आरोहण गरेको अनुभव उहाँसँग छ । केटु हिमाल आरोहण गर्ने शेर्पा मध्येका उहाँ एक हुनुहुन्छ । उहाँले आठ हजार माथिका हिमाल अरोहण गर्नुभएको छ । यस्तै, छिरिङ पेम्बा शेर्पा आइएफएमजिएका गाइड हुनुहुन्छ । पर्वतारोहणमा उहाँको विशेष दक्खल छ । पेम्बा नुरु शेर्पासँग ल्होत्से मनास्लु, चोयु लगायतका हिमाल र अन्य धेरै चुचुरा आरोहण गरेको अनुभव छ । बीस वर्षभन्दा बढीको अनुभव उहाँसँग छ । पासाङगेलु शेर्पासँग पनि हिमाल आरोहणको उच्च अनुभव छ सगरमाथाको उहाँले पटकपटक आरोहण गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?