वैशाख १ गतेका जात्रा र पर्वहरू

Read Time = 17 mins

✍️ इन्द्रबहादुर शाक्य

कुनै पनि देशको संस्कृति भन्नाले त्यहाँको जात्रा, चाडपर्व, रीतिरिवाज रहनसहन भेषभूषा भन्ने बुझिन्छ । सम्पदा र संस्कृति नै देशको पहिचान हो । जात्रा पर्व भनेको तिथि र मितिबाट मानिन्छ । तिथि भनेको चन्द्र मासीय पञ्चांग र मिति भनेको सूर्य मासीय पञ्चांग सक्झनुपर्दछ । हाम्रो देशमा दुवै पञ्चांगबाट जात्रा पर्व मनाइन्छ । हरेक वर्ष जात्रा पर्व मनाउँदा वर्षको एक चोटिमात्र मनाइन्छ । ३६५ दिन सिद्धिएपछि नयाँ वर्ष आउँछ । ३६५ दिनलाई १२ महिनामा विभाजन गरिएको छ । १२ महिनामा हामीले नेपालको जात्रा चाडपर्व मनाइरहेका हुन्छौं । वैशाख १ गतेका मात्र जात्रा चाडपर्वबारे यहाँ उल्लेख गरिन्छ ।

वैशाख १ गते नेपाल राज्यभरै नेपालीहरूले नयाँ वर्ष अथवा नेपाल राष्ट्र सम्वत्को रूपमा मनाउँछन् । यो सम्वत् चलाउने व्यक्ति विक्रमदेव थिए । उनको जन्म नेपालको राजधानी काठमाडौं पशुपति गोले गाउँमा भएको थियो । उनकी श्रीमती साँखुको आचाजू परिवारकी हुन् । उनीको नाम तारा थियो । दुवै जना तान्त्रिक विद्या र गणित हिसाबमा निपुण थिए । विक्रमदेवले शिक्षा आदित्य पद ग्रहण गरेका थिए । आदित्य भन्नाले अहिलेको हिसाबमा मास्टर डिग्री हो । उनीहरू दुवै दिनदिनै तेल तताएर शरीरमा मालिस गरी नुहाएर बज्रयोगिनीमाँको पूजा आराधना गर्दथे । तेल तताउने भाँडो अहिले पनि बज्रयोगिनी मन्दिरमाथि कोठामा देवतासँगै राखिएको छ । हिजोआज पनि यसको पूजा गरिन्छ । यो पूजा गर्ने व्यक्ति बज्राचार्य हुन् ।

गणितमा निपुण भएको हुनाले नै उनलाई आदित्य पद दिएको थियो । गणितमा निपूर्ण भएकै हुनाले नेपालको सम्वत् सूर्या पञ्चांगबाट चलाएको हो । आदित्य पद लिएर राजाले चलाएको हुनाले राजाको नामबाट नै यो विक्रम सम्वत् चलाएको हो । यो मितिबाट चलाएको हुनाले अरूभन्दा राम्रो भएको हुनाले भारत र अरू देशले पनि मान्यता दिएर चलाएका छन् ।

निसन्तानले सन्तान प्राप्तिका लागि, दीर्घरोगीले सुस्वास्थका लागि र मनोकामना पूरा गर्न सलहेसको पूजा गर्छन् । भाकल पूरा भएपछि सलहेसलाई बोका बलि दिने र कागजको छाता चढाउने परम्परा छ । यो फूलबारी साक्षी राखेर विवाह गर्दा दाम्पत्य जीवन सफल हुने जनविश्वास छ ।

विक्रम देवको नामबाट नेपाल सम्वत् चलेको हो । अहिले विक्रम सम्वत् २०८० साल प्रवेश भएको छ । १ गतेदेखि ३० गते वा ३१ गतेसम्म एक महिनाको हिसाबले यो १२ महिना एक वर्ष भनेर पात्रो बनाएर चलाइएको छ । महिनाको १ गते हुने पनि हाम्रा पर्व छन् । जस्तो संक्रान्ति पर्वहरू, महिनाको पहिलो दिनमा अनेकौं कार्यक्रमहरू आयोजना गरी हामीले मनाइरहेका छौँ । धेरै विज्ञहरूको भनाइअनुसार यो विक्रम सम्वत् नेपालकै हो । यो सम्वत् नेपालबाटै सुरु भएको । यो सूर्य पञ्चांगबाट हुने वैशाख १ गते नेपालको जिल्ला जिल्ला र गाउँ गाउँमा जात्रा, पर्व मनाउँदै आएका छौँ ।

ललितपुरमा वैशाख १ गते नयाँ वर्षको पहिलो दिनलाई खाइँसल्हु भन्ने चलन छ । यो दिनमा चावलको पिठो बनाएर क्वाटी खाने चलन छ । यो पर्व अहिलेसम्म मनाउँदै आइरहेको छ । साथै त्यस जिल्लामा दुई माजू देवीको जात्रा पनि हुन्छ । ललितपुर मंगलबजार भण्डारखालभित्र, पुरानो अदालतको पछाडि यो देवीस्थान छ । जात्रा हुने बेला त्यस स्थानबाट खटमा राखी प्रस्थान गरी भोलढोका बालकुमारी र मंगलबजारमा जात्रा गरिन्छ । यो लिच्छवि राजाको पालादेखि चलिआएको छ । अहिले पनि चलि नै रहेको छ । महिनाको १ गते ललितपुरमा रातो मच्छिन्द्रनाथको (संःलुँ) सक्रान्ति गुठी पनि अहिलेसम्म चलिआएको छ ।

वैशाखमा १ गते फुल्ने फूल
वैशाख १ गते नयाँ वर्ष अथवा सम्वत्लाई फूलले पनि स्वागत गर्छ । संसारमा कहिँ नभएको अनौठो फूल नेपालमा चमत्कारी ढंगले फुल्दछ । यस्तो कुरा सुन्दा अचम्म लाग्छ । संसारमा कुनै पनि देशमा नभएको फूल एक दिनमात्र फुल्दछ । त्यो फूलको नाम हो ‘सलहेस’ फूल । पृथ्वी माताले नेपाललाई दिएको फूल, हरेक वर्ष वैशाख १ गते अर्थात् नयाँ वर्षका दिन यो फूल फुल्छ । यो फूल फुल्दा माला गाँसेको जस्तो गरी फुल्दछ । यस ठाउँलाई फूलबारी चोक पनि भन्दछन् । यो फूललाई प्रेमिकाहरूको फूलमाला पनि भन्दछन् । यो फूल फुलेको हेर्ने धेरै मानिसहरू आउने गर्छन् ।

यो फूल नेपालको मधेस प्रदेशको लाहानको फूलबारीमा मात्र वर्षको एक चोटि विक्रम सम्वत्को पािलो दिन वैशाख १ गतेमात्र फुल्दछ । यो अनौठो छ । यो फूल हेर्न भारतबाट हजारौं मानिस त्यस ठाउँमा भेला हुन्छन् । यो अचम्म लाग्दो चमत्कारिक फूल हो । यस दिन यहाँ मेला लाग्छ । यस मेलामा कतिपयले आफ्नो मनोकामना पूरा गराउन अनेक किसिमका भाकलसमेत गर्ने गरेका छन् । निसन्तानले सन्तान प्राप्तिका लागि, दीर्घरोगीले सुस्वास्थका लागि र मनोकामना पूरा गर्न सलहेसको पूजा गर्छन् । भाकल पूरा भएपछि सलहेसलाई बोका बलि दिने र कागजको छाता चढाउने परम्परा छ । यो पूmलबारीमा सलहेसलाई साक्षी राखेर विवाह गर्दा दाम्पत्य जीवन सफल हुने जनविश्वास छ ।
त्यस्तै तराईमा थारू जुरुसिल पर्व पनि मनाइन्छ । सिरुवा र सिस्नु पर्व वैशाख १ गते सिरुवा पर्व पूर्वतिर मनाउँछन् । यो तीन दिनसम्म मनाउँछन् । यो पर्वमा पृथ्वी माता अथवा प्रकृति देवीको पूजा गरी सिस्नु पकाएर खाने चलन छ । सुस्वास्थ्य लाभ होस् भनेर यसरी सिस्नु खाने गर्दछन् । त्यस्तै वैशाख १ गते सिस्नु पर्व पश्चिम नेपालमा हिलोमा कुस्ती खेलेर मनाउँछन् । यसमा धेरैजसो महिलाहरूको सहभागिता हुन्छ । यस समयमा सिस्नु पकाएर खाइन्छ । अहिले पनि यो पर्व मनाउँदै आएको पाइन्छ । सिस्नु पकाएर खायो भने निरोगी भइन्छ । आँखा तेजिलो, पेट सफा हुन्छ र मुटु बलियो हुन्छ ।

सिस्नु लाएर शुभकामना :
वैशाख १ गते नयाँ वर्षको शुभकामना सिस्नु लाएर मनाउने चलन पनि नेपाल राष्ट्रभित्र छ । यो पर्व सुदुरपश्चिममा नयाँ वर्षको शुभकामना दिँदा सिस्नु लाएर दिइन्छ । सुदूरपश्चिममा नयाँ वर्ष वैशाख १ गते मनाइन्छ र यो पर्वलाई विषु पर्व भन्दछ । एक अर्कालाई सिस्नु लगाएर शुभकामना साटासाट गरिन्छ ।

सिस्नु लाउनुपर्ने कारण :
नयाँ वर्ष मनाउँदा सिस्नु लगायो भने छालाको रोग लाग्दैन । सिस्नु शरीरमा लगाउँदा औषधिको जस्तै काम गर्दछ । यो लगाउँदा शरीरमा चिलाउने रोग र अन्य छालाको रोग लाग्दैन । यो सत्य हो । सिस्नुको धागोबाट बनाएको अल्लाको कपडाको रुमाल प्रयोग गर्दा छालामा भएको रोग र दाग जान्छ । हिजो आज विदेशीले पनि यसको रुमाल प्रयोग गर्र्ने गर्र्छन् । आजकल यस्ता रुमाल बाहिर निकासी हुनेगर्छन् । वैशाख १ गतेको स्वागत गर्दै मनाउने दिनलाई विसु पर्व भन्दछन् । यो पनि पश्चिम पहाडी जिल्लामा मनाउने चलन छ । डडेलधुरा, दार्चुला, बैतडी, अछाम, डोटी, बझाङ, बाजुरामा बिसु पर्व मनाउने चलन छ ।

बिहानदेखि महिलाहरू घरआँगन सफाइ गरी मिठो खाना पकाई आफन्तहरूलाई खुवाउने चलन छ । वैशाख १ गते नेपाल भरै नयाँ वर्षको स्वागत गर्दै स्वास्थ्य लाभ शान्तिको कामना गरिन्छ । नयाँ पेसाबाट आर्थिक लाभ होस् भनेर कामना गर्दै देवी देवताको पूजा गरी नयाँ वर्ष मनाउने चलन छ । नयाँ वर्ष वैशाख १ गते ताँगे संक्रान्ति भनेर मनाइन्छ । नेपालको उत्तर पश्चिम भागमा जुम्ला क्षेत्रमा वैशाख १ गते ताँगे संक्रान्ति मान्ने चलन छ । यो ताँगे संक्रान्तिमा उनीहरू नयाँ वर्षको शुभकामना आदान प्रदान गर्दछ ।

वैशाख १ गते नयाँ वर्षको पर्व नेपालका विभिन्न ठाउँमा मनाइन्छ । नयाँ वर्षको स्वागत गर्दै सुस्वास्थ लाभ र शान्तिको कामना गरी नयाँ पेसा र आर्थिक लाभको कामना गरी देवीदेवताको पूजा गरेर नयाँ वर्ष विक्रम सम्वत् मनाउने चलन छ ।

विवाहित महिलाले आफ्नो पतिको दीर्घायुको कामना गर्दै सुस्वास्थ, आर्थिक अवस्था राम्रो, अन्नवाली राम्रो होस् भनेर नयाँ वर्ष आउँदा वैशाख १ गते मनाउने पर्वलाई ताँगे पर्व भन्दछ । विधिपूर्वक पूजा गरी नौवटा गाँठो पारेर बनाएका तागा (मालाजस्तै) विवाहित महिलाले लगाउने चलन छ । यो तागा पति (लोग्ने) ले आफ्नो पत्नी (श्रीमती) को चोलीमा आफ्नै हातले बनाएको नौवटा गाँठो बनाएर पूजा गरी स्वास्नीको चोलीमा झुन्ड्याउने गरिन्छ । यो लगाउँदा श्रीमान्को आयु लामो होस् भनेर कामना गर्दै सबैको स्वास्थ राम्रो होस् भनेर नयाँ वर्षको रूपमा यो वैशाख गते हुन्छ ।

त्यस्तै १ गतेका दिनमा काठमाडौंको उत्तरतिर बूढानीलकण्ठ पहाडमाथि बागद्वार र शिवपुरी डाँडामा मेला पर्व लाग्दछ । शिवजीले स्वयम्भू दह र स्वयम्भूको दर्शन गर्न आएको ठाउँ हो । शिवपुरी डाँडा, शिवजी एउटा ठूलो ढुंगामा बसेर हेरेको र ध्यान गरेको ढुंगा अहिले पनि छ र त्यसैलाई पूजा गरी, मेला वा पर्व मनाइँन्छ । नेपालीहरू रातभरि जागराम बसी यो पर्व मनाउँदछ । यस्तै टोखामा पनि त्यही दिन सपन तीर्थमा मेला लाग्छ । यहाँ स्नान ग¥यो भने रोगहरू नासिन्छन् भन्ने मान्यताका आधारमा देवीको खटजात्रा पर्व पनि मनाइन्छ । टोखामा चण्डेश्वरी यात्रा पनि हुन्छ ।

त्यहाँका जनता यो पर्व मनाउँदछन् । चम्पा देवीमा पनि जात्रा हुन्छ । तराईमा मैथलीको नयाँ वर्ष प्रारम्भ हुन्छ । यो जनकपुरमा पनि मनाइन्छ । दैलेखमा लामा दुवाल मेला लाग्दछ । कर्णाली प्रदेशमा खस जातिले वैशाख १ गते संक्रान्ति पर्व मनाउँछन् । काठमाडौं उपत्यकाभित्र भक्तपुर जिल्लामा पनि वैशाख १ गते भक्तपुरमा बिस्केट जात्रा मनाउँछन् । यो अहिलेसम्म भक्तपुरबासीले ठूलो चाड पर्वको रूपमा मनाउँदै आएका छन् ।

यो जात्रामा लिंगो ढाल्ने गरिन्छ । चैतको मसान्तमा लिङ्गो उठाउने र नयाँ वर्ष वैशाख १ गते संक्रान्तिमा यो लिंगो ढाल्ने गरिन्छ । भक्तपुरमा पाँच दिनसम्म यो विभिन्न देवताहरूको जात्रा गरी मनाइन्छ । भक्तपुरमा महाकाली, महालक्ष्मीको जात्रा हुन्छ । अर्को दिनमा ब्रहृमायणी यात्रा यो जात्रापछि छुमा गणेश यात्रा गरिन्छ । सबभन्दा पछि भैरव भद्रकाली जात्रा गरिन्छ । यो अहिलेसम्म चलिआएको छ । यो जात्रा चलाउँदा लिच्छविको खड्गलाई अगाडि ल्याएर मात्र जात्रा सुरु गरिन्छ ।
भक्तपुर जिल्लाभित्र पर्ने ठिमीमा पनि विभिन्न चाड पर्वहरू मनाउँदछन् । नेपालमा नयाँ वर्षमा विक्रम देवले चलाएको थियो । नेपालमा विक्रम देव सम्वत्् वैशाख १ गते नयाँ वर्षको रूपमा यहाँका बासिन्दाहरू पनि यो पर्व मनाउँदछन् । यो पर्व मनाउँदा देवताको जात्रा गरी मनाउने चलन छ । जस्तो कि ठिमीको सिद्घि मार्ग अथवा टोलमा वैशाख १ गते सिद्घि काली देवीको जात्रा हुन्छ ।

वैशाख १ गते नयाँ वर्षको पर्व नेपालका विभिन्न ठाउँमा मनाइन्छ । नयाँ वर्षको स्वागत गर्दै सुस्वास्थ लाभ र शान्तिको कामना गरी नयाँ पेसा र आर्थिक लाभको कामना गरी देवीदेवताको पूजा गरेर नयाँ वर्ष विक्रम सम्वत् मनाउने चलन छ । नव वर्ष २०८० को अवसरमा सम्पूर्ण नेपालीहरू प्रति हार्दिक शुभकामना । जय नेपाल माता । (शाक्य नेपाल हस्तकला महासंघको पूर्वअध्यक्ष हुनुहुन्छ ।)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?