राज्य सञ्चालनमा इमान्दार बन्न दलहरूलाई पूर्वराजा शाहको आग्रह

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले मति, मत, मान्यता र नीति निर्णय भद्रताले गर्ने तर स्वयम् अभद्रतापूर्वक सहमति तोड्ने कुरा राजनीति र राज्य प्रणालीमा वाञ्छनीय नहुने बताउनुभएको छ ।

नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै पूर्व राजा शाहले राजनीति र राज्य सञ्चालनको प्रकृयामा इमान्दारिताको ठूलो महत्व रहने स्मरण गराउनुभएको छ ।

उहाँले राजनीतिक दल र त्यसका जिम्मेवार नेताहरुले बोलेको तथा सम्झौता र सहमतिको अझ ठूलो अर्थ राख्ने उल्लेख गर्दै आज देशमा उत्पन्न बेथिति, अविश्वास, द्धन्द र जटिलताको जड पनि त्यही नै भएको जिकिर गर्नुृभएको छ । हालैका दशकहरुमा जानेर–नजानेर देशका विभिन्न पक्षहरुबाट जे जस्ता कमजोरी भए त्यसबाट यो गौरबशाली इतिहास बोकेको यो देशले धेरै दुःख पाएको सबैले महशुस गरेको उल्लेख गर्दै उनले त्यसैले आन्तरिक सद्भाव र एकता, महत्वपूर्ण संस्थाहरुको सबलता, अन्र्तराष्ट्रिय सम्मान, सबैमा गम्भीर आँच पुगेको जनाउनुभएको हो ।

देशको सरकारी ढुकुटी र सञ्चालित वित्तीय संस्थाहरुको आर्थिक कारोबार आम विपन्नवर्गको उत्थानमा परिचालित नभएको उल्लेख गर्दै पूर्व राजा शाहले सीमित व्यक्ति र सानो घेराका परिवारमा मात्र त्यसको लाभ खुम्चिएको गुनासो बढेको पनि बताउनुभएको छ ।

उत्पादन, आर्जन एवम् समुचित वितरण र परिचालनमा उपयुक्त ध्यान नदिंदा जनसाधारणमा समस्या तथा आक्रोश बढ्नु स्वभाविक भएको उल्लेख गर्दै उहाँले युवापिढी, बिद्यमान प्रणाली र शासकीय गतिविधिप्रति पूर्णतया असन्तुष्ट हुँदै गएको टिप्पणी गर्नुभयो ।

विगत तीन दशक बढी समयको अनर्थ प्रयत्न उपर उनीहरुमा चरम विद्रोहभाव देखिन थालेको जिकिर गर्दै पूर्व राजा शाहले यस्तो अवस्थामा कसैको मुख थुनेर, धरपकड गरेर वा पुनरुत्थानको अर्थहिन आरोप थोपरेर नहुने प्रष्ट पानुृभएको छ ।

त्यसैले अब कोरा नारा छाडेर सहि प्रकारको राज्य पद्धतिका निम्ति सोच्न सबै खाले गल्ती सच्याउने तिर लागेर देशलाई थाहा पाई पाई बर्वादी तिर नलान पनि उहाँको आग्रह छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?