पाकिस्तानले न्युजिल्याण्डलाई हरायो

हिमालय टाइम्स
Read Time = 2 mins

लाहोर । पाकिस्तानले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा न्युजिल्याण्डलाई ८८ रनले पराजित गरेको छ । योसँगै पाकिस्तानले पाँच खेलको सिरिजमा एक-शून्यको अग्रता लिएको छ । जितका लागि १८३ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्याण्ड १५.३ ओभरमा सबै विकेट गुमाएर ९४ रनमा रोकियो । न्युजिल्याण्डका मार्क च्यापम्यानले २७ बलमा चार चौका र एक छक्कासहित ३४, टम लाथमले २०, डर्याल मिचेल ११, जेम्स निसम १५ र रचिन रविन्द्रले २ रनमात्रै बनाउन सक्नुभयो ।

पाकिस्तानका तीव्र गतिका बलर हरिस रौफले ३.३ ओभरमा १७ रन खर्चेर चार विकेट लिनुभयो । यस्तै, इमाद वासिमले एक ओभरमा दुई रन खर्चेर दुई तथा शाहिन शाह अफ्रिदी, जमान खान, फहिम असरफ र शादब खानले समान एक विकेट लिनुभयो ।

त्यसअघि लाहोरमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले १९.५ ओभरमा १८२ रन बनाएको थियो । पाकिस्तानका सैम अयुबले २८ बलमा छ चौका र दुई छक्कासहित ४७, फखार जमानले ३४ बलमा चार चौका र दुई छक्कासहित ४७ रन बनाउनुभयो ।

यस्तै, मोहम्मद रिजवान आठ, बाबर आजम नौ, इमान वासिम १६, फहिम असरफ २२ र हरिफ रौफ ११ रनमा आउट हुनुभयो । न्युजिल्याण्डका तीव्र गतिका बलर म्याट हेनरीले चार ओभरमा ३२ रन खर्चेर तीन विकेट लिनुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?