श्रोता/दर्शकमाझ वाङदी शेर्पाको ‘परदेसबाट म आको’

Read Time = 1 min

काठमाडौं । गीतकार तथा गायक वाङदी शेर्पाको नयाँ गीत ‘परदेसबाट म आको’ सार्वजनिक भएको छ । शेर्पाको शब्द, स्वर र अशोक मुकारुङको संगीत रहेको गीतको स्टुडियो भिडियो सार्वजनिक भएको हो । राजु कार्कीको एरेञ्ज रहेको गीतको रेकर्डिङ, सेवा रेकर्डिङ स्टुडियोमा रेकडिस योगेन मुकारुङ र मिक्सिङ राजु कार्कीले गर्नुभएको छ ।

गीतको भिडियो अफिसियल युट्युब च्यानल ‘सेवा इन्टरटेन्डमेन्ट’मार्फत् सार्वजनिक गरिएको छ । भिडियोमा योगेन मुकारुङको छायांकन र जीवन मुकारुङको सम्पादन छ । भोजपुर जिल्लाको भाम्राङमा जन्मिनुभएका गायक तथा गीतकार वाङदी शेर्पा, आफ्नो अध्यन र व्यवसायको शिलशिलामा केही समय धरान बसाइपछि, विगत दुई दशकदेखि अमेरिकाको न्यूयोर्कमा बसोवास गर्दै आउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?