बोल्डनेस क्वीन’ शर्लिनलाई ज्यानको धम्की

Read Time = 3 mins

मुम्बई । बोल्ड फोटोसुटका कारण सधैं चर्चामा रहने बलिउड अभिनेत्री तथा मोडल शर्लिन चोपडा प्रायः सामाजिक सञ्जालमा छाउने गर्नुहुन्छ । उहाँ हरेक विषयमा आफ्नो भनाइ नडराई राख्नुहुन्छ । चर्चामा रहिरहने शर्लिनलाई ज्यानको धम्की आएको छ । शर्लिनाका अनुसार उहाँलाई एक फाइनेन्सरले छेडछाड, गालीगलौज र ज्यान मार्ने धम्की दिएका छन् ।

त्यहीकारण उहाँले मुम्बईको जुहू पुलिस स्टेसनमा ती फाइनेन्सरकाविरुद्ध उजुरी दर्ता गर्नुभएको छ । शर्लिनले फाइनेन्सरले उहाँलाई भिडियोको रेकर्डिङका लागि पैसा दिन बोलाएको बताउनुभयो । त्यही बेला उहाँमाथि छेडछाड गरिएको थियो ।

‘जब मैले उसलाई त्यो कामबाट रोके, तब उसले मलाई गाली गर्‍यो र ज्यानको धम्कीसमेत दियो । त्यसपछि मैले प्रहरीमा उजुरी दिएकी हुँ’, उहाँले भन्नुभएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । सन् २००५ मा फिल्म ‘टाइमपास’बाट बलिउड प्रवेश गर्नुभएकी उहाँ हिन्दीबाहेक तेलगु, अंग्रेजी चलचित्रमा पनि काम गर्नुभएको छ । तेलगुमा भने ‘ए फिल्म बाय अरविन्द’ उहाँको पहिलो चलचित्र हो ।

फिल्म क्षेत्रमा करियर बनाउने क्रममा चोपडाले दिएका विवादास्पद अभिव्यक्ति र फोटोसुटका कारण उहाँ चर्चामा छाइरहनुहुन्छ । सन् २०१२ मा उहाँले ‘प्ले-ब्वाई’ म्यागाजिनको लागि ‘न्यू-ड फोटोसुट’ गराउनुभएको थियो ।

त्यस्तै, चोपडाले ‘सेक्स लाइफ’ को बारेमा दिएको भनाइ पनि उत्तिकै चर्चित बनेको थियो । उनले एक कुराकानीमा रकमको लागि मोडलिङको समयमा धेरैजनासँग बेड सेयर गरेको बताउनुभएको थियो । फिल्मदेखि व्यक्तिगत जीवनमा पनि उत्तिकै चर्चामा रहनुभएकी चोपडा २००९ को ‘बिग बोस’को सिजन-३ मा पनि सहभागी हुनुभएको थियो । उहाँ गायिकासमेत हुनुहुन्छ । सोसल मिडियामा शर्लिनलाई ‘बोल्डनेस क्वीन’ को संज्ञा दिइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?