वार्षिकोत्सवका अवसरमा नर्भिकको छुट

Read Time = 2 mins

काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलले ३०औँ वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौंमा प्रभातफेरी आयोजना गरेको छ । हस्पिटलबाट सुरु भएको प्रभातफेरी त्रिपुरेश्वर, भद्रकाली, माइतीघर हुँदै पुनः नर्भिकमै टुंगिएको थियो । कार्यक्रममा अस्पतालका उच्च व्यवस्थापनका अधिकारी, चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता थियो । नर्भिकले सोमबार अस्पताल परिसरमै बृहत् रक्तदान कार्यक्रम पनि राखेको छ ।

साथै वार्षिकोत्सवका अवसरमा विभिन्न अफर पनि सार्वजनिक गरेको छ । अफरअन्तर्गत सबै स्वास्थ्य प्याकेजमा वैशाख ८ गतेसम्म एक साताका लागि ३० प्रतिशत छुट हुनेछ । त्यस्तै, लेजर र हाइड्रा फेसियलमा ३० दिनका लागि ३० प्रतिशत छुट, आइभिएफ (फर्टिलिटी प्याकेज) ३० दिनका लागि ३० प्रतिशत छुट, म्यामोग्राफीमा ३० दिनका लागि ३० प्रतिशत छुट रहेको छ । अस्पतालले पत्रकार परिवारका लागिसमेत विशेष हेल्थ प्याकेज ल्याइने जनाएको छ । वार्षिकोत्सवकै अवसरमा अस्पतालले काठमाडौंभित्र र बाहिर गरी चार विशेष स्वास्थ्य शिविर आयोजना गर्दैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?