रास्वपाका महामन्त्री ढकालका चालक प्रहरी नियन्त्रणमा

हिमालय टाइम्स
Read Time = 1 min

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी महामन्त्री मुकुल ढकालका चालकलाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।

सभापति रवि लामिछानेका चालक तीन तलाको घरको छतबाट खसेको घटनामा अनुसन्धान गर्न महामन्त्री  ढकालका चालक कालुराम राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनी सभापति लामिछानेका चलाक शम्भु भनिने दिलबहादुर थापासँगै सुतेका थिए । घाइते भएका चालक थापाको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

भरतपुर महानगरपालिका-११ मा रहेको लामिछानेको भाडाको घरको तेस्रो तलाबाट लामिछानेका चालक थापा खसेको सीसीटीभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?