कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

धनगढी । कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

भीमदत्त नगरपालिका-४ कभर्डहल नजिकबाट लागूऔषधसहित एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । १७ मिलिग्राम लागुऔषध र नगद १४ हजार ५ सय रूपैयाँसहित सोही नगरपालिका-३ का २५ वर्षीय निराजन बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट म.२ प ४०३८ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।

त्यस्तै कैलालीका भजनी नगरपालिका-५ कव्वाखेडाबाट पनि लागुऔषधसहित प्रहरीले सोही नगरपालिका-३ कनैयापुरका १८ वर्षीय किशोरलाई पक्राउ गरेको छ । उनको साथबाट ३ ग्राम ८० मिलिग्राम लागुऔषध बरामद भएको हो । ती किशोर भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बेला उक्त पदार्थसहित फेला परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?