त्रिविले सार्‍यो १० गतेको परीक्षा, अब बैशाख १६ मा हुने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आगामी वैशाख १० गते हुने भनिएको परीक्षा वैशाख १६ गतेका लागि सारेको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले उपनिर्वाचनको दिन हुन गइरहेको परिक्षाले एकसाता पछि सारेको हो ।

गत वैशाख ४ गतेदेखि सुरु भएको स्नातक तह पहिलो वर्षको परीक्षा अन्तर्गत बैशाख १० गते मानविकी र व्यवस्थापन संकायका परिक्षा सञ्चालन हुनेमा सो दिनको परीक्षा सरेको हो ।

निर्वाचन आयोग, गृह र शिक्षा मन्त्रालयको आग्रहमा उक्त दिनको परीक्षा वैशाख १६ गते सोही समय र परीक्षा केन्द्रमा सञ्चालन हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?