सस्सुलोसँग युभेन्ट्स पराजित

Read Time = 3 mins

टुरिन । इटालियन सिरी ‘ए’ मा युभेन्ट्स सस्सुलोसँग एक-शून्यले पराजित भएको छ । सस्सुलोको जितमा ग्रेगोइरे डेफ्रेलले निर्णायक गोल गर्नुभयो । खेलकोे ६४औँ मिनेटमा डेफ्रेलले निर्णायक गोल गर्नुभएको थियो । जनवरीमा अवैध स्थानान्तरण गतिविधि गरेको आरोपका १५ अंक घटाइएपछि युभेन्ट्स सिरी ‘ए’ मा शीर्ष ६ भन्दा बाहिर छ । युभेन्ट्स ३० खेलबाट ४४ अंक जोडेर सातौँ स्थानमा छ । युभेन्ट्स शीर्ष ६ को एटलान्टाभन्दा ४ अंकले पछि छ । सस्सुलो ४० अंक जोडेर १०औँ स्थानमा छ ।

सिरी ‘ए’ कै अर्काे खेलमा रोमाले उडिनेसलाई तीन–शून्यले पराजित गरेको छ । रोमाको जितमा इडोआर्डो बोभ, लोरेन्जो पेलेग्रिनी र ट्याम्मी अब्राहमले गोल गर्नुभयो । रोमाका ब्रायन त्रिस्टान्टे र उडिनेसका रोबर्टाे पेरेराले पेनाल्टीमा गोल गर्न नसकेपछि खेलमा थप गोल हुन सकेन ।
यस जितसँगै रोमा ३० खेलबाट ५६ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित उडिनेस ३९ अंक जोडेर १२औँ स्थानमा छ ।

यता, म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा नटिङहम फरेस्टलाई दुई-शून्यले पराजित गरेको छ । खेलको ३२औँ मिनेटमा एन्टोनीले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाउनुभएको थियो । त्यसपछि ७६औँ मिनेटमा डिएगो डालोटले गोल गर्दै युनाइटेडको जित पक्का गर्नुभयो ।

यस जितसँगै युनाइटेड ३० खेलबाट ५९ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । युनाइटेडले न्युक्यासल युनाइटेडलाई पछि पारेको हो । पराजित नटिङहम ३१ खेलबाट २७ अंक जोडेर रेलिगेसन जोनको १८औँ स्थानमा रहेको छ ।

स्पेनिस ला लिगामा गेटाफे र बार्सिलोनाले गोलरहित बराबरीमा रोकिँदै अंक बाँडे । यस बराबरीसँगै बार्सिलोना पछिल्लो तीन खेलमा जित र गोल गर्न असफल रहृयो । बराबरीका बाबजुत बार्सिलोनाले शीर्षस्थानमा ११ अंकको स्पष्ट अग्रता कायम गर्न सफल भएको छ ।

बार्सिलोनाको २९ खेलबाट ७३ अंक पुगेको छ । समान खेलबाटै रियलको ६२ अंक छ । गेटाफे ३१ अंक जोडेर १५औँ स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?