शेर्पाको पोस्टमा फ्रेण्ड्सको आधा दर्जन गोल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेण्ड्स क्लबले सानदार जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ६-० गोल अन्तरले पराजित गर्दै फ्रेण्ड्सले सानदार जित हात पारेको हो । फ्रेण्ड्सको जितमा राफिक अमिनुले दुई गोल गर्नुभयो । अमित तामाङ, उत्तम राई, टोरिक जेब्रिन र अखरबेक उक्तामोभले एक-एक गोल गर्नुभयो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा फ्रेण्ड्सलाई जित दिलाउन राफिक अमिनुले दुई तथा अखोरबिक उक्तामोभ, अमित तामाङ, उत्तम राई र टोरिक जेब्रिनले समान एक गोल गर्नुभयो ।

खेलको तेस्रो मिनेटमै अमिनुले लक्ष्मण रुचालको पासमा गोल गर्दै फ्रेण्ड्सलाई अग्रता दिलाउनुभयो । ३२औँ मिनेटमा उक्तामोभले टोलीको अग्रता दोब्बर बनाउनुभयो । उक्तामोभले डोना थापाको फ्रिकिकमा कप्तान प्रकाश बुढाथोकीले उपलब्ध गराएको क्रसलाई हेडर गोल गर्नुभयो ।

३८औँ मिनेटमा अमिनुले तेस्रो तथा ५२औँ मिनेटमा अमितले पेनाल्टीमार्फत् टोलीका लागि चौथो गोल गर्नुभयो । ७२औँ मिनेटमा जेब्रिनको पासलाई गोलमा परिणत गर्दै उत्तमले फ्रेण्ड्सलाई ५-० ले अगाडि बढाउनुभयो । इन्जुरी समयमा जेब्रिनले पेनाल्टी बक्सबाहिरबाट उत्कृष्ट गोल गर्दै टोलीलाई ६-० को फराकिलो जित दिलाउनुभयो ।

यस जितसँगै नौ खेलमा दुई जित, दुई बराबरी र पाँच हारसहित आठ अंक जोडेको फ्रेण्ड्सले १२औँ स्थानमा उक्लिँदै रेलिगेसन क्षेत्र पनि छाडेको छ । पराजय बेहोरेको हिमालयन समान खेलबाट दुई जित, तीन बराबरी र चार हारसहित नौ अंकका साथ ११औँ स्थानमा छ ।

यस्तै, ‘ए’ डिभिजन लिगकै अर्को खेलमा थ्रीस्टार क्लब र चर्च ब्वाइज युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडे । यस बराबरीसँगै दुवै टोलीको नौ खेलबाट १५ अंक पुगेको छ । गोल अन्तरमा थ्रीस्टार पछि छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?