काठमाडौं । उपनिर्वाचनको मिति नजिकिँदै छ । वैशाख १० गते हुने उपचुनावको व्यापक प्रचार-प्रसारमा उम्मेदवारहरू जुटेका छन् । संसदीय अंक गणितमा खासै ठूलो प्रभाव नपार्ने यो उपचुनावलाई दलहरूले प्रतिष्ठाको विषय बनाएका छन् । नतिजा आफ्नो पक्षमा पार्न उम्मेदवार र राजनीतिक दलको दौडधुपले चुनावी माहोल तातेको छ ।
बारा-२, तनहुँ-१ र चितवन-२ मा वैशाख १० गते उपचुनाव हुँदै छ । तीनै क्षेत्रको स्थिति र चुनावी माहौल भिन्नभिन्न छ । बारा-२ बाट दल र स्वतन्त्र गरी ३६ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी, नेपाली कांग्रेस, लोसपा र नेकपा एकीकृत समाजवादीको समर्थनमा उम्मेदवार बनेका जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट उम्मेदवार शिवचन्द्र कुशवाहा, नेकपा एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रमेश खरेल, र आमजनता पार्टीबाट उम्मेदवार अरुण ज्ञवाली राष्ट्रियस्तरमै चर्चा पाएका उम्मेदवार हुनुहुन्छ । यीमध्ये यादव, कुशवाहा र खरेल गत निर्वाचनमा पराजित उम्मेदवार हुनुहुन्छ । यादव मंसिरमा सम्पन्न निर्वाचनमा सप्तरी-२ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित हुनुभएको थियो । कुशवाहा सोही निर्वाचन क्षेत्रमा जसपाका रामसहाय यादवसँग पराजित हुनुभएको थियो भने खरेल काठमाडौं-१ बाट पराजित हुनुभएको थियो ।
यी चारैजना बलियो प्रतिस्पर्धी हुनुहुन्छ । तर, यहाँ उम्मेदवारहरू मात्रै मैदानमा छैनन् । मैदानबाहिर पनि प्रतिस्पर्धी छन् । बाराको चुनाव जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच प्रतिष्ठाको लडाइँ बनेको छ । सप्तरीमा यादवलाई सांसद हुन रोकेका सिके बारामा पनि रोक्ने दाउमा हुनुहुन्छ । उहाँले बारामा शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाउनुभएको छ । जो गत चुनावमा सोही क्षेत्रमा जसपा उम्मेदवारसँग पराजित हुनुभएको थियो । उहाँ चुनावअघि मात्रै माओवादीबाट जनमत पार्टीमा प्रवेश गर्नुभएको थियो ।
आगामी उपचुनावमा यस क्षेत्रमा जसपा र जनमतबीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ । एक लाख पाँच हजार २९८ मतदाता रहेको क्षेत्रमा दुवै दलका लागि उपचिर्वाचन प्रतिष्ठाको लडाइँ बनेको छ । यसमा पनि यादवलाई चुनाव जित्न सहज नहुने स्थानीयको आंकलन छ । जनमतका उम्मेदवार स्थानीयसमेत हुनुहुन्छ । जसपा अध्यक्ष यादव, एमालेका पुरुषोत्तम पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल बारा बाहिरका हुनुहुन्छ । उहाँहरूलाई जनमतले ‘बहरिया’ अर्थात् बाहिरका मान्छे भन्ने गरेको छ । उनीहरू कसैको पनि घर बारा २ मा होइन ।
गत निर्वाचनमा एमालेसँगको गठबन्धनमा १३ हजार ८२२ मत ल्याएर जसपाका रामसहाय यादव निर्वाचित हुँदा प्रतिस्पर्धी माओवादी केन्द्र (हाल जनमत)का शिवचन्द्र कुशवाहा ३५४ मतान्तरले पराजित हुनुभएको थियो । अहिले गठबन्धन फेरिएको छ । उपेन्द्र यादवलाई गठबन्धन दलका कांग्रेस, माओवादीलगायत दलको साथ छ । तर, गठबन्धनको भोट ट्रान्सफरमा समस्या हुनसक्ने आँकलन छ । माओवादीको भोट कुशवाहालाई जाने सम्भावना पनि छ । मधेशको राजनीतिक संसारमा आफ्नो शक्ति जमाउन कस्सिनुभएका सिके राउत जसरी पनि यादवलाई हराउने दाबी गर्नुहुन्छ । उहाँ आफैँ प्रतिस्पर्धामा उत्रिएजसरी खटिनुभएको छ ।
गठबन्धनको चुनावी सभा हुने, बाबुरामले उपेन्द्रलाई नसघाउने
सत्ता गठबन्धनले बारा-२ को महागढीमाईस्थित बरियारपुरमा चुनावी सभा गर्ने भएको छ । जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार रहेको क्षेत्रमा गठबन्धनले वैशाख ७ गते चुनावी सभा गर्ने भएको हो । चुनावी सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर लगायतका गठबन्धनका दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले बारा-२ को उपनिर्वाचनमा जसपा उम्मेदवार उपेन्द्र यादवलाई नसघाउने भएको छ । केन्द्रीय कार्यालय सुविधानगरमा मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले बारा २ मा कसलाई सघाउने भन्ने निर्णय गर्ने जिम्मा प्रदेशलाई दिएको छ । जबकि नेसपाले चितवन २ र तनहुँ १ मा भने कांग्रेसका उम्मेदवार जीतनाराण श्रेष्ठ र गोविन्द भट्टराईलाई सघाउने निर्णय गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच