राष्ट्रपतिलाई थप उपचारका लागि भारत लैजाने तयारी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ ।

मंगलबार अचानक बेहोस भएर शिक्षण अस्पताल भर्ना हुनुभएका उहाँको स्वास्थ्यमा अपेक्षित सुधार नभएपछि थप उपचारका लागि भारत लैजाने तयारी गरिएको हो ।

राष्ट्रपति पौडेललाई भारतको नयाँ दिल्लीस्थित एम्स अस्पताल लैजाने तयारी भएको शीतलनिावास स्रोतले जानकारी दियो । छातीमा संक्रमण देखिएपछि अघिल्लो साता तीन दिन त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर फर्किनुभएको थियो ।

त्रिवि शिक्षण अस्पतालमा उपचारपछि डिस्चार्ज भए पनि अपेक्षित सुधार भने हुन सकेन । उहाँलाई थप समस्या भएपछि मंगलबार पुनः अस्पताल भर्ना गरिएको थियो ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति पौडेलको उपचारका लागि भारत लैजान सरकारले समन्वय गरिरहेको छ । सरकारले एयर एम्बुलेन्सको व्यवस्था गरेर राष्ट्रपति पौडेललाई दिल्ली पठाउने तयारी गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?