सिमकोटमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 4 mins

हुम्ला । हुम्लाको सदरमुकाम रहेको सिमकोट गाउँपालिका स्तरिय भएको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । वैशाख २ गतेबाट सञ्चालन भएको प्रतियोगिता मङ्लबार सम्पन्न भएको हो ।

१६ स्वर्ण, ८ रजत र ५ कास्य प्राप्त गरी मानसरोवर माध्यामिक विद्यालय प्रथम, ५ स्वर्ण, ११ रजत, ६ कास्य प्राप्त गरी बालमन्दिर मावि दोस्रो र २ स्वर्ण, एक रजत, ३ कास्य प्राप्त गरी रलिङ मावि बरगाउँ तेस्रो भएको आयोजक कैलाश माविका शिक्षक पूर्णबहादुर शाहीले बताउनुभयो ।

त्यस्तै छात्रातर्फको भलिबल प्रतियोगितामा मानसरोवर मावि पहिलो, बालमन्दिर मावि दोस्रो र रामदेव मावि तेस्रो भएको छ ।

प्रतियोगिता कैलाश मावि डाँडाफया विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मन्दिर सिंहको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माको प्रमुख आतिथ्य र सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको विशेष आथित्यमा सञ्चालन भएको थियो ।

समापन कार्यक्रममा खेलमा विभिन्न विधामा जित हात पारेका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा सिमकोट गाउँपालिकाका सात वटा माविको सहभागिता रहेको थियो ।

सिमकोट गाउँपालिकाको आर्थिक सहयोग र कैलाश मावि डाँडाफयाको आयोजनामा सञ्चालन भएको हो ।

ताँजकोटमा धर्मोदय प्रथम

यस्तै जिल्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पनि सम्पन्न भएको छ । ताँजकोट गाउँपालिकामा सञ्चालित राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा ११ स्वर्ण, ५ रजत र ५ कास्य गरी धर्मोदय माध्यामिक विद्यालय प्रथम भएको हो ।

७ स्वर्ण, १३ रजत र ३ कास्य गरी चन्द्र प्रकाश माध्यामिक विद्यालय द्धितिय भएको हो भने ७ स्वर्ण ५ रजत र ९ कास्यसहित जनप्रकास माध्यामिक विद्यालय तृतिय भएको गाउँपालिका अध्यक्ष लालकेश जैसिले बताउनुभयो । त्यसैगरी १ स्वर्ण ३ रजत र ९ कास्य पदकसहित मदनादेव माध्यामिक विद्याय सान्तवना भएको गाउँपालिका अध्यक्ष जैसीले जानकारी दिनुभयो ।

उक्त प्रतियोगिता वैशाख २ गतेबाट सुरु भएर मङ्लबार एक कार्यक्रमका विच सम्पन्न भएको हो । प्रथम, द्वितिय, तृतिय र सान्तवना हुने विद्यालयका खेलाडीलाई गाउँपालिका अध्यक्ष जैसी, उपाध्यक्ष सुरेन्द्र थापालगाएतका अतिथिले पुरस्कार वितरण गर्नुभएको थियो । राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताका लागी ताँजकोट गाउँपालिकामा रहेका ४ वटा मध्यामिक विद्यालयको सहभागीता रहेको थियो ।

जिल्लाका ७ वटै गाउँपालिकाबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितमा छनौट भएका खेलाडीले बैशाख ११ गतेबाट सर्केगाडमा सुरु हुने जिल्ला स्तरिय राष्ट्रपति रनिङसिल्डमा सहभागीता जनाउने भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?