डिभिजन कार्यालय दाङका प्रमुखलाई पक्राउ पुर्जी

विवेक खड्का दाङ, संवाददाता
Read Time = 2 mins

दाङ । रुखहरु काटिएको बारेमा अनुसन्धान गर्न तत्कालीन सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जैसवाललाई छानबिनको लागि पक्राउ पूर्जी जारी भएको छ ।

जिल्ला अदालत दाङले चैत २३ गते कार्यालय प्रमुख जैसवालको नाममा पनि पक्राउ पूर्जी जारी गरेको थियो । सडकले सोही समयमा सार्वजनिक सूचना जारी गरेको र सोही सूचनालाई आधार बनाएर रुख कटानी भएको देखिन्छ वन डिभिजन कार्यालय देउखुरीका सहायक वन अधिकृत छोटेलाल चौधरी भन्नुभयो– ‘कार्यालय प्रमुखको सरुवा भएको भन्ने कुरा छ । उहाँ बयानको लागि आउने कुरा सुनेको छु ।’

सडक डिभिजन कार्यालय दाङले राजमार्ग खुला गर्न १५ दिने सूचना जारी गरेको थियो । त्यही सूचनाको आधारमा राजमार्ग क्षेत्रमा पर्ने रुखहरु काटिएका थिए । त्यही समयमा राजधानी कार्यान्वयन र स्वागतको लागि झाडी सरसफाइ अभियान चलाइएको थियो । सोही क्रममा दुई हजार सात सय बुटा, बुट्यान र रुख काटिएका थिए ।

सडक डिभिजन कार्यालय दाङले ०७९ मंसिर २० गते सडकको क्षेत्राधिकार खाली गर्ने सम्बन्धी सार्वजनिक सूचना जारी गरेको थियो । त्यो सूचनामा पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि शिवखोला सडकखण्डको केन्द्रबिन्दु दायाँबायाँ ३१÷३१ मिटरभित्र रहेका संरचना तथा अन्य सामग्रीहरू सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र हटाउन तथा खाली गर्न भनिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?