प्रदेश सरकारले सञ्चार प्रतिष्ठान गठनको प्रक्रिया अगाडि बढाएकाेमा विरोध

विवेक खड्का दाङ, संवाददाता
Read Time = 2 mins

दाङ। लुम्बिनी प्रदेश सरकारले सञ्चार प्रतिष्ठान गठनको प्रक्रिया अगाडि बढाएको प्रति विरोध भएको छ ।

सरकारले नियमावली निर्माण नगरी सञ्चार प्रतिष्ठान गठन प्रक्रिया अगाडि बढाएको भन्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले विरोध जनाएको हो ।

महासंघले सरोकारवाल पक्षसँग छलफल नगरी सञ्चार प्रतिष्ठान गठन प्रक्रिया अगाडि बढाएको बताएको छ ।

महासंघले बुधबार विज्ञप्ति जारी गर्दै सञ्चार विधेयकमा कतिपय विषयहरू बाझिएको, संवाद र छलफल नगरी अगाडि बढाइएको तथा नियुक्ति प्रक्रिया अगाडि बढाउने कार्य रोक्न माग गरेको छ ।

प्रदेश महासचिव विक्रम खड्काले जारी गरेको विज्ञप्तिमा परिषद् सम्बन्धी नियमावली सम्बन्धी आवश्यक कदम चाल्न मार्ग गर्दै हतार प्रतिष्ठान गठन गरे विरोधका कार्यक्रम गर्ने उल्लेख गरिएको छ ।

यस्तै सरकारले प्रतिष्ठान गठन प्रक्रिया अगाडि बढाएकोमा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशले पनि विरोध जनाएको छ ।

प्रेस युनियन लुम्बिनी प्रदेश महासचिव नवीन गिरीले विज्ञप्ति जारी गर्दै नियमावली नै नबनाई हतारमा प्रतिष्ठान गठन गर्ने प्रक्रिया अगाडि बढाउने कार्य प्रेस युनियनले स्वीकार्य नगर्ने चेतावनी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?