६५ वर्षमा अन्तर्राष्ट्रिय पदक जित्ने शाही सम्मानित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ६५ वर्षको उमेरमा इन्टरनेसनल स्ट्रेन्थलिफ्टिङ एण्ड इन्कलाइन्ड बेन्च प्रेस च्याम्पियनसिप २०२३ मा नेपाललाई रजत पदक दिलाउने खेलाडी कृष्ण सिं शाही सम्मानित हुनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं महानगरपालिका वडा नं. २२ इकाई समितिले बुधबार एक कार्यक्रमको आयोजना गरी वरिष्ठ खेलाडी शाहीलाई सम्मान गरेको हो । शाहीलाई कार्यक्रमका प्रमुख अतिथि पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले दोसल्ला ओढाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । उक्त कार्यक्रममा २२ वडामा रहेका नेवाः गुठी समुदायलाई सम्मान गरिएको थियो ।

गत चैतमा नेपालमा नै सम्पन्न उक्त प्रतियोगितामा ५६ किलोग्राम शारीरिक तौल भए पनि मास्टर्स-३ स्पर्धाअन्तर्गत ६८ केजी तौल समूहमा शाहीले खेल्नुभएको थियो । बाइसेप कर्लिङ र हृयाक लिफ्टका दुई-दुई सेटमा गरी कुल तीन सय ४७.५ केजी उचाल्नुभएको थियो ।

उहाँले बाइसेप कर्लिङको पहिलो र दोस्रो सेटमा क्रमशः ४० र ४२.५ केजी भार उठाउनुभएको थियो । त्यस्तै, हृयाक लिफ्टको पहिलो सेटमा १२५ केजी र दोस्रो सेटमा १४० केजी उठाएर नेपाललाई रजत पदक दिलाउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?