एसी मिलान र म्याड्रिड सेमिफाइनलमा

Read Time = 2 mins

म्याड्रिड । इटालियन सिरी ‘ए’ प्रतिद्वन्द्वी नेपोलीलाई हराउँदै एसी मिलानले च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको छ । क्वाटरफाइनलको दोस्रो लिगमा १-१ गोलको बराबरी खेले पनि समग्रमा २-१ को जित निकाल्दै मिलान १६ वर्षपछि अन्तिम चारमा पुगेको हो ।

मंगलबार राती भएको खेलमा मिलानका ओलिभर जिरुडले गोल गर्दा नेपोलीका भिक्टर ओसिमहेनले बराबरी गोल फर्काउनुभयो । खेलको २२औँ मिनेटमा ओलिभर जिरुडले पेनाल्टी चुकाउँदा मिलान अग्रता लिनबाट चुक्यो । जिरुडले ४३औँ मिनेटमा राफयल लियोको पासमा गोल गर्दै मिलानलाई १-० को अग्रता दिलाउनुभयो ।

इन्जुरी समयको थप गरिएको तेस्रो मिनेटमा भिक्टर ओसिमहेनले जियाकोमो रास्पाडोरीको पासमा गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा टुंग्याउनुभयो । मिलानले अब सेमिफाइनलमा इन्टर मिलान वा बेन्फिकाबीचको विजेतासँग खेल्नेछ ।

यस्तै, अर्को खेलमा साबिक विजेता स्पेनिस क्लब रियल म्याड्रिडले इंग्लिस क्लब चेल्सीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो । मंगलबार राती भएको दोस्रो लिगमा २-० को तथा समग्रमा ४-० को जित निकाल्दै रियलले अन्तिम चारमा स्थान बनायो ।

रियलको जितमा दुवै गोल ब्राजिली विंगर रोड्रिगोले गर्नुभयो । ५८औँ मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई १-० को अग्रता दिलाउनुभयो । रोड्रिगोले ८०औँ मिनेटमा फेडे भाल्भेर्डेको पासमा दोस्रो गोल गर्नुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?