एनएमबीको हेजिङ कारोबार

Read Time = 1 min

काठमाडौं । एनएमबी बैंकले नेपालकै पहिलो हेजिङ कारोबार सम्पन्न गरेको छ । ‘द करेन्सी एक्सचेञ्ज फण्ड’ (टिसिएक्स) अम्स्टर्डम र ‘एमएफएक्स करेन्सी रिक्स सोलुसन, वासिङ्टन’ सँगको सहकार्यमा आठ मिलियन अमेरिकी डलर बराबर रकमको हेजिङ कारोबार सम्पन्न भएको बैंकले जनाएको छ ।

बैंकका अनुसार डेरिभरेवल क्रस करेन्सी स्वाप गर्न प्रयोग गरिएको हेजिङ उपकरण टिसिएक्सले उपलब्ध गराएको र सोसम्बन्धी कारोबार गर्न एमएफएक्सले सहजकर्ताको भूमिका खेलेको थियो । हेजिङ कारोबारले बैंकको वित्तीय संयन्त्र विकास र प्रयोगप्रतिको प्रतिबद्धता दर्शाएको छ ।

हेजिङ कारोबारले देशभर स्थिरता र सुनिश्चिततासाथ वित्तीय कारोबार गर्न मार्ग प्रशस्त गरेको बैंकको भनाइ छ । टिसिएक्स सन् २००७ मा विकासशील र सीमावर्ती बजारमा मुद्रा जोखिम व्यवस्थापन गर्न समाधान प्रस्ताव गर्ने उद्देश्यका साथ स्थापना भएको संस्था हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?