एमालेको पक्षमा मतदान गर्न नेता पोखरेलकाे आह्वान

हिमालय टाइम्स
Read Time = 2 mins

बारा । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले बारा क्षेत्र नं. २ मा एमालेको जित सुनिश्चित रहेको बताउनुभएकाे छ । चुनावी अभियानका क्रममा बारा आउनुभएका नेता पोखरेलले चुनाव जित्ने थुप्रै आधार रहेकाले उम्मेदवार पुरुषोत्तम पौडलको बिजय निश्चित रहेको बताउनुभएका हाे ।

१० वैशाखमा हुने निर्वाचनका लागि एमालेको ठूलो शक्ति एकताबद्ध ढंगले परिचालित हुनु र विकासप्रेमी नेता उम्मेदवारका रुपमा मैदान हुनुनै एमालेले चुनाव जित्ने मुख्य आधार रहेको पोखरेलको भनाई थियो ।

नेता पोखरेलले फिरंगी र पार्टी चाहार्दै हिड्नेलाई भन्दा जनतासँग बसेर काम गर्ने भूमिपुत्रलाई जिताउन बारा-२ का मतदाता उत्साहित देखिएको बताउनुभयाे । लामो समयदेखि बाराको भूगोलमा बसेर जनताका पक्षमा काम गरेका व्यक्तिलाई एमालेले उम्मेदवारका रुपमा अघि सारेको भन्दै नेता पोखरेलले यसको मूल्यांकन जनताले नै गर्ने प्रतिक्रिया दिनुभयाे ।

अन्य पार्टीका उम्मेदवार र एमालेको उम्मेदवारलाई तुलना गरेर जनताले मतदान गर्ने नेता पोखरेलको भनाइ थियो । नेता पोखरेलले बारा क्षेत्र नं. २ को विकासका लागि पनि एमाले उम्मेदवार पौडेलको जित आवश्यक रहेको बताउनुभयाे ।

नेता पोखरेलले करैयामाई गाउँपालिकाको नरहीमा रहेको सहिद मुखलाल महतोको शालिकमा माल्यार्पण गर्नुभएकाे थियाे । उहाँले उम्मेदवार पौडेलसँगै मतदाताको घरमा पुगेर एमालेको पक्षमा मतदान गर्न आह्वान गर्नुभएकाे थियाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?