अर्थ मन्त्रालयमा तीनजना आर्थिक सल्लाहकार नियुक्त

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सरकारले अर्थ मन्त्रालयमा तीनजना आर्थिक सल्लाहकार नियुक्त गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले डा. विश्वनाथ पौडेल, डा. पोषराज पाण्डे र डा. गुणाकर भट्टलाई विज्ञका रुपमा नियुक्त गर्दै विज्ञ सल्लाहकार समूह बनाउनु भएको होे ।

अर्थमा पौडेल र पाण्डे दुवैजना अवैतनिक रुपमा खटिने महतले जनाएको छ। पौडेल राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष हुनु हो । पाण्डे पूर्व सदस्य हुनु हो । नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक भट्टलाई काजमा अर्थमन्त्रालय तान्न लागिएको हो ।

यसैगरि भट्ट नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक हुनुका साथै लामो समय राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभाग र बैंक सुपरीवेक्षण विभागको नेतृत्व सम्हालिसकेका भट्ट अहिले बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख हुनु हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?