यो सरकारले विकासको योजना काटेर आफन्त पोस्ने काम गरेको छ : अध्यक्ष ओली

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 3 mins

बारा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले विकासको योजना काटेर आफन्त पोस्ने गरेको आरोप लगाउनु भएकाे छ।

बारा निर्वाचन क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनमा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलको पक्षमा माहोल बनाउन बाराको पचरौतामा विहिवार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनु भएका ओलीले वर्तमान सरकार आफना कार्यकर्ता र आसेपासेलाई पाल्ने काम मात्र गरेको दावी गर्नुभयो ।

अहिलेको सरकारले गरेको ठगबन्धन र ठगबन्धनबाट उम्मेदवारी दिएकाहरुलाई नहराएसम्म मधेशको मात्र होइन देशको विकास हुन नसक्ने उहाँले बताउनुभयो ।

विगत २० वर्षमा हुन नसकेको काम एमालेले जम्मा तीन वर्षमा गरेर देखाएको उहाँले बताउनु भयो । उहाँले गठबन्धन सरकार नपछारेसम्म देशको विकास नहुने दाबी गर्नुभयो ।

गढीमाईमा गठबन्धनका नेताहरू एमालेलाई गाली गर्न मात्रै आएकाे बताउँदै  उहाँले भन्नुभयो, ‘ गाली गरेर मात्र देश चल्दैन, देश चलाउनको लागि दुरदर्शिता र दृढ संकल्प हुनु पर्छ जुन यो गठबन्धनको सरकारमा कहि कतै देखिएन ।’ त्यसैले देशलाई यस्ता ठगबन्धनहरुबाट बचाउन बारा २ मा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेललाई विजयी गराउन र विकासको अभियानमा साथ दिन उहाँले आग्रह गर्नुभयो ।

विकासको निर्माणको कामलाई एमालेले अगाडि बढाइरहेकाे बताउँदै उहाँले भन्नुभयो, ‘ अहिले पनि यही सरकार कायम रह्यो भने प्रहरीहरुले कपडा फेर्न पाउँदैनन् । वर्तमान सरकार केही महिनासम्म अझै रहिरने हो भने वृद्धभत्ता रोक्ने निश्चत छ । हामीले जेष्ठ नागरिक भत्ता चार हजार पु¥याएका थियौं । अहिलेसम्म त पाउँदै हुनुहुन्छ होला यही सरकार कायम रहने हो भने केही महिनाभित्र वृद्धभत्ता नपाउने खतरा छ ।'

त्यसैले यो सरकारलाई रोक्न नेकपा एमालेका उम्मेदवारलाई जिताउन उहाँले आग्रह गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?