नेपालले शुन्य रनमा दुई ओपनर गुमायो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा नेपालले खराब सुरुवात गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले टस जितेर पहिले नेपाललाई ब्याटिङको निम्तो दिएको थियो ।

नेपाललाई सुरुवातमै झट्का लागेको हो । नेपालले सुरुवातमै २ महत्त्वपूर्ण विकेट गुमाएको छ ।

नेपालका ओपनर कुशल भुर्तेललाई शून्य रनमै ओमानका बिलाल खानले एलबीडब्लू आउट गरेका छन् । त्यस्तै आसिफ शेख पनि शून्य रनमै पेभेलियन फर्किएका छन् ।

उनलाई कलिमुल्लाहले आउट गरेका हुन् । शुक्रबारको खेल नेपालका लागि ५०औं एकदिवसीय खेल पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?