तोकेको सीडी रेसियो कायम गर्न नसक्ने ९ वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही

Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ ।

राष्ट्र बैंकको नियम विपरीत काम गर्ने कुल ९ वटा वाणिज्य बैंकहरुलाई बैंक सुपरीवेक्षण विभागले कारवाही गरेको छ । जसअनुसार तोकेको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) लाई कायम नगर्दा जरीवानामा परेका छन् ।

राष्ट्र बैंकले सीडी रेसियो कायम गर्न नसकेको सेन्चुरी बैंक (हाल प्रभु बैंक) लाई २ करोड ८४ लाख रुपैयाँको जरिवाना तिराएको हो ।

यसैगरि, नेपाल बैंकलाई १८ लाख ५९ हजार रुपैयाँ र नबिल बैंकलाई ६ करोड ४६ लाख ४५ हजार रुपैयाँ, सीडी रेसियो कायम नगर्दा ग्लोबल आइएमई बैंक ४ करोड ४२ लाख ४६ हजार रुपैयाँ, कृषि विकास बैंक ६९ लाख ५८ हजार रुपैयाँ र हिमालयन बैंक ७१ लाख ७२ हजार रुपैयाँ कारवाहीमा परेका छन् ।

राष्ट्र बैंकका अनुसार सम्पति शुद्धीकरण सम्बन्धी ऐन निर्देशन उल्लंघन गरेको राष्ट्रिय वाणिज्य बैंकलाई १० लाख रुपैयाँ नगद जरिवाना गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?