नवलपरासीमा दुई सय २० बोरा युरिया मलसहित ३५ लाखको सामान बरामद

हिमालय टाइम्स
Read Time = 1 min

चितवन । पुर्वी नवलपरासीमा ३५ लाख रुपैयाँबराबरको अवैध सामान बरामद भएको छ ।

नेपाल प्रहरीले विभिन्न स्थानवाट एकै दिन ३५ लाख बराबरको अबैध समान बरामद गरेको हो । बिभिन्न नाकावाट भन्सार छलेर ल्याइएको कस्मेटिक सामग्री, युरिया मल, लत्ताकपडा, मोबाइललगायतका सामाग्री बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष पाठकका अनुसार महेन्द्र राजमार्गमा चेकिङका क्रममा २ सय २० बोरा युरिया मलसहित झन्डै ३५ लाख बराबरको समान बरामद गरिएको हो ।

उहाँकाअनुसार बिलबीजक नभएका र भन्सार तिरेको कागजातसमेत नभएका ती समान जफत गरी त्रिवेणी भन्सार कार्यालयमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?