‘मिस एण्ड मिष्टर सुप्रन्यासनल’का लागि छानिए २४ प्रतियोगी

Read Time = 4 mins

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिष्टर सुप्रन्यासनल नेपाल २०२३’ का लागि १२ युवा र १२ युवती गरी २४ प्रतियोगी छानिएका छन् । पोखरा, धनगढी, इटहरी, काठमाडौंलगायत देशको विभिन्न स्थानमा भएको प्रारम्भिक अडिशनमा सहभागी दुई सयबढी सहभागीबाट ४० प्रतियोगी छानिएको आयोजकले जनाएको छ । ती मध्येबाट फाइनलका लागि २४ प्रतियोगी छानिएका हुन् ।

छानिएका प्रतियोगितामा विदेश बस्ने, एनआरएन, अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी भएका र विभिन्न सौन्दर्य प्रतियोगिता विजेतासमेत छन् । १८ वर्षदेखि ३२ वर्षसम्मका युवती र १९ देखि ३४ वर्षसम्मका युवाको सहभागिता रहेको अडिशनको छनौट चरणमा डा.सन्तोष उपाध्यय, प्रशान्त ताम्राकार, प्रिया सिग्देल, सनिसा श्रेष्ठ, डा.केशु खड्का, पुष्कर ओझा, डा.प्रमोद जोशी, सुनिल थपलिया, उज्ज्वल जोशीलगायत निर्णायक रहनुभएको थियो ।

सनुर्वी इन्टरनेसनलको आयोजना रहेको प्रतियोगितामा ट्यालेन्ट, स्वीमर, टप मोडल, फिटनेश, सोसल कोर्ष, सास सेरोमनीलगायत राउण्डसमेत आयोजना हुनेछ । ट्यालेन्ट, स्वीमर, टप मोडल राउण्डमा दर्शकले सहभागिता जनाउँन पाउनेछन् । प्रशान्त ताम्राकारको कोरियोग्राफी रहने प्रतियोगितामा अन्तर्राष्ट्रिय गेष्टहरूको पनि सहभागिता रहनेछ । गतवर्षको प्रतियोगितामा ‘मिष्टर सुपरनेसनल २०२१’ भरो भार्गाेस, ‘मिस सुपरनेसनल २०१९’ एन्टोनियो पोर्सिल्ड र मिस सुप्रानेसनल अर्गनाइजेसनका क्रिएटिभ डाइरेक्टर आन्द्रे स्ले नेपाल आउनुभएको थियो । यसवर्ष पनि विभिन्न अन्तर्राष्ट्रिय गेष्टको सहभागिता रहने आयोजकले जनाएको छ ।

फाइनल प्रतिस्पर्धीले २५ दिनको विभिन्न ट्रेनिङसमेत लिनेछन् । जसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकद्वार पौडी, शारीरिक फिटनेस, फोटो सेसन, व्यक्तित्व विकासलगायत विभिन्न प्रशिक्षण प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा दुई पुरुष र दुई महिला गरेर चार विजेता छानिनेछ । जसमध्ये पुरुष विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिष्टर सुप्रन्यासनल र मिष्टर इन्टरनेशनलमा सहभागिता जनाउनेछन् भने महिला विजेताले मिस सुप्रन्यासनल र मि ग्लोबमा सहभागीको अवसर प्राप्त गर्ने छन् ।

विभिन्न आधा दर्जन विधामा सवटाइटल विजेता पनि छानिने प्रतियोगिता नेपालमा आयोजना हुँदै आएको सौन्दर्य प्रतियोगिताभन्दा केही भिन्न र उत्कृष्ट तरिकाले आयोजना हुने बताइएको छ । युवायुवतीको प्रतिभा निखार्दै उज्ज्वल भविष्य निर्माणमा सहयोग पु¥याउने उद्देश्यले प्रतियोगिताको आयोजना थलिएको आयोजक सनुर्वी इन्टरनेसनल सन्तोष उपाध्यायले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?