पाल्पा बस दुर्घटना: मृतकको पहिचान खुल्यो

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 2 mins

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका-५ जोरधारामा भएको बस दुर्घटना परी मृत्युु हुनेको शव पहिचान भएको छ । मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका-३, की ३५ वर्षीया राधिका पौडेल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बुटवलबाट बाग्लुङको बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको यात्रुबाहक बस सिद्धार्थ राजमार्गअन्तर्गत जोरधारा नजिकै आइतबार विहान दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते हुनेको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको छ । घाईते भएका मध्ये ५ जनाको अवस्था गम्भिर रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट राजु शाक्यले बताउनुभयो । उहाँकाअनुसार अन्यको हात खुट्टा, टाउको छातीमा चोटपटक लागेको छ ।

बस तिव्र गतिमा रहेकाले घूम्ती काट्ने क्रममा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिनुभयो । बस सडक बाट करीव १०० मिटर तल खसेको छ । घाईतेको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरी अस्पताल पठाएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?