कञ्चनपुरमा प्रदेशस्तरीय कबड्डी छनोट सुरु

हिमालय टाइम्स
Read Time = 2 mins

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा आइतबारदेखि सुदूरपश्चिम प्रदेशस्तरीय कबड्डी छनोट प्रतियोगिता सुरु भएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा सुरु भएको उक्त प्रतियोगितामा सुदूरपश्चिमका नौ जिल्लाका खेलाडी सहभागी छन् ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाश रावलले प्रतियोगिताको उद्घाटन गर्नुभयो । महेन्द्रनगरस्थित कभर्डहलमा रहेको कबड्डी प्रशिक्षण केन्द्रमा सञ्चालन भएको सो प्रतियोगिताबाट छनोट भएका खेलाडी काठमाडौंमा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने कबड्डी प्रशिक्षक विष्णुदत्त भट्टले जानकारी दिनुभयो ।

प्रतियोगिता उद्घाटन समारोहमा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव दीपक सिंह र कबड्डी संघ कञ्चनपुरका अध्यक्ष महेश चन्दलगायतको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?