ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते

हिमालय टाइम्स
Read Time = 1 min

हेटौंडा । मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरि–३, कालिदमारमा मधेस प्रदेश ०३–००१ त ७१८८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा मनहरि–३ का २० वर्षीय प्रवीण प्रजा, सोही स्थानका २४ वर्षीय राजकुमार प्रजा र ट्याक्टर चालक ३० वर्षीय वीरमान रुम्बाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मनहरी–३ का अमृत प्रजा र जोखलाल प्रजा घाइते हुनुभएको छ । घाइते दुवै जनाको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्याक्टर अनियन्त्रित भएर पल्टिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?