काठमाडौं । बंगलादेशस्थित किशोरगञ्जमा आयोजित त्रिदिवसीय साहित्यिक सांस्कृतिक कार्यक्रममा नेपाली साहित्य, कला एवं संस्कृतिको परिचर्चा भएको छ । लय उत्सव चन्द्रावती मेला २०२४ को साहित्यिक सांस्कृतिक कार्यक्रममा विशेष उनुष्ठान नेपाल सत्र रहेको थियोे ।
बाल साहित्य, कविता परिचिती, यात्रा÷नियात्रा, समकालीन साहित्य, अनुवादलगायत विषयमा नेपाली साहित्यकारहरूले विमर्श गरेका थिए । नेपाल सत्रमा गीतकार तथा अनुवादक राजेन्द्र गुरागाईंले नेपाली साहित्य र उपस्थित साहित्यकारको परिचयबाट प्रारम्भ भएको सत्रमा साहित्यकारहरूले आ–आफ्नो धारणासहित काव्य वाचनसमेत गर्नुभएको थियो ।
कवि ऋषभदेव घिमिरे, कवि तथा पत्रकार मीनकुमार ‘नवोदित’ श्रेष्ठ, प्रकाशक हरिवोल ढकाल, साहित्यकार युवराज नयाँघरेले वर्तमान नेपाली साहित्य, साहित्यको विश्वव्यापीकरण, अनुवाद साहित्यको महत्व बारे टिप्पणी गर्दै नेपाली साहित्यकारहरूले विभिन्न प्रस्तुति दिएका थिए ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष कवि राजेन्द्र केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बंगाली कवि तथा साहित्यकार साहजाह कविर तथा कवि मोहम्मद फारुखले नेपाली साहित्यको चर्चा गर्दै नेपाल बंगलादेशबीच साहित्यिक सांस्कृतिक आदानप्रदानको भावी कार्यक्रमको रूपरेखा बारे प्रकाश पार्दै आयोजकका तर्फबाट कवि फारुखले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता दिँदै मन्तव्य राख्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच