अहिले प्रतिक्रिया दिने बेला भएको छैन : उपेन्द्र यादव

हिमालय टाइम्स
Read Time = 2 mins

बारा । जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा क्षेत्र नं. २ उम्मेदवार उपेन्द्र यादवले प्रारम्भिक नतिजाको विषयमा अहिले प्रतिक्रिया दिने बेला नभएको बताउनु भएको छ ।

कलैया उपमहानगरपालिकास्थित गंगापुरमा रहेको मतगणना स्थलमा आएका यादवले संचारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिदै प्रारम्भिक परिणाम राम्रो आएको र पछि प्रतिक्रिया दिने बताउनु भयो । ‘अहिले गणना भईरहेको छ । प्रतिक्रिया दिने बेला भएको छैन,’ यादवले भने, ‘प्रारम्भिक नतिजा राम्रो छ । पछि राम्रोसंग प्रतिक्रिया दिनेछु । ’

यादवले आफू चुनाव जित्नेमा विश्वस्त रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘चुनाव जित्ने विश्वस्त नभई त चुनाव नै लडिदैन्’ । यादवले मतगणनास्थल पुगेर मतगणनाको विषयमा जानकारी लिनुभएको थियो ।

मतगणनाको प्राप्त मतपरिणाममा यादव फराकिलो मतान्तरसहित अग्र स्थानमा हुनु हुन्छ । उहाँले १४ हजार एक सय ८० मत प्राप्त गर्दा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ९ हजार तीन सय २६ मत पाउनु भएको छ ।

यसैगरी तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले चार हजार सात सय ९३ मत पाउदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले दुई हजार ५१ मत पाउनु भएको छ ।
प्रभु साह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले एक हजार ६ सय २७ मत पाउनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?