प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनमा छलफल गर्न माग

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गर्नुभएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद पन्तले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे सञ्चारमाध्यमबाट जानकारी पाएको भन्दै सदनमा जानकारी गराउन माग गर्नुभयो ।

भारतले बोलाएको खण्डमा प्रधानमन्त्री प्रचण्ड भारत जानु उपयुक्त हुने बताउँदै उहाँले हालसम्म भारत भ्रमणको मितिसमेत तय भइनसक्दा पनि प्रधानमन्त्री ‘भारत जान्छु, भारत जान्छु भन्नुहुन्छ’ भन्ने अभिव्यक्ति दिने गरेको भन्दै आपत्ति जनाउनु भयो । ‘संसदमा प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल हुनुपर्छ,’ उहाँले भन्नुभयो ।

भारत भ्रमणका क्रममा असमान सन्धि, सम्झौता लगायतका विषयमा छलफल गर्नुपर्ने उहाँको भनाइ छ । भारत भ्रमणमा जाँदा संसद र प्रमुख प्रतिपक्षी दलको समर्थन लिएर जानुपर्ने सांसद पन्तले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?