जिम्बाब्वेका राष्ट्रपति दोस्रो कार्यकालका लागि निर्वाचित, प्रतिपक्षी भन्छ- धाँदली भयो

हिमालय टाइम्स
Read Time = 2 mins

लन्डन । जिम्बाब्वेका राष्ट्रपति इमर्सन मनानगाग्वा दोस्रो पटक आमनिर्वाचनमा विजयी भएका छन् ।

मिडिया रिपोर्टका अनुसार राष्ट्रपति नानगाग्वा शनिबार दोस्रो र अन्तिम कार्यकालका लागि पुनः निर्वाचित भएका हुन । तर, उनको सत्तारुढ दल जेनयू पीएफले चुनावमा व्यापक धाँधली गरेको आरोप लागेको छ ।

जिम्बाब्वे निर्वाचन आयोगले २०२३ को राष्ट्रपति चुनावको नतिजा घोषणा गरेको छ। ‘महामहिम राष्ट्रपति इमर्सन मननगाग्वाले २३,५०, ७११ भोट ल्याएर विजयी घोषित भए, जसमा ५२।६ प्रतिशत भोट प्राप्त रहेको छ भने सिटिजन्स कोलिसन फर चेन्ज पार्टीका नेल्सन चामिसाले १९,०६,७३४ मत प्राप्त गरेका छन, जुन ४४ प्रतिशत भोट हुन आउँछ,’ जिम्बाबेको सूचना मन्त्रालयले जनाएको छ।

राष्ट्रपतिको रूपमा आफ्नो पहिलो कार्यकाल पछि इमर्सन मनानगाग्वाले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेल्सन चमिसलाई पराजित गरेर देशको सत्तामा आफ्नो पकड बलियो बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रतिपक्षले भने धाँदली गरेर चुनाव जितेको आरोप लगाएका छन् ।

जिम्बावेले विगत दुई दशकदेखि विनाशकारी आर्थिक नीतिहरूको सामना गरिरहेको छ। मुलुकमा मुद्रास्फीति, बेरोजगारी, औषधि र चिकित्सा उपकरणको अभाव बढ्दै गएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?