उपनिर्वाचनको परिणामले डडेल्धुरामा खुशीयाली (तस्वीर)

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 3 mins

डडेल्धुरा । भर्खरै सम्पन्न ३ क्षेत्रको उपनिर्वाचनमा दुई स्थानमा विजय प्राप्त गरे पछि डडेल्धुरामा विजयी ¥याली निकालिएको छ ।

बैशाख १० गते मतदान भउको तनहुँ १ र चितवन २ मा सम्पन्न उप निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सर्बाधिक मतले विजयी भएपछि रास्वपाका कार्यकर्ता तथा समर्थकहरुले डडेल्धुरामा विजयी मोटरसाईकल र्‍याली निकालिएको हो ।

पार्टीका केन्द्रीय सभापति रबि लामिछाने र अर्थबिद् बौद्धिक व्यक्तित्वलाई जनताले अत्याधिक मतले जिताएको सम्मानमा डडेल्धुरा सदरमुकामको स्याउले बजारदेखि कीर्तिपुर बजारसम्म ७ किलोमिटर र्‍याली निकाले पछि राजमार्ग सडक छेउका सर्बसाधारणले पनि ऐक्यबद्धता जनाएका छन् ।

रवि दाइ हाई हाई, र राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दाबाद भन्दै युवाहरुले हातमा राष्ट्रिय झण्डा सहित घण्टी बजाउँदै नगर परिक्रमा गरेका थिए ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?