धारिलो हतियार प्रयोग गरी एक पुरुषको हत्या

हिमालय टाइम्स
Read Time = 1 min

रौतहट । रौतहटमा धारिलो हतियार प्रयोग गरी एक पुरूषको हत्या भएको छ । देवाहीगोनाही नगरपालिका-६ कर्कच कर्मैया बस्ने ब्रह्मदेव साह कानुको छोरा ३५ वर्षीय जगरनाथ साह कानुको धारिलो हतियार प्रयोग गरेर हत्या भएको प्रहरीले जनाएको छ ।

धारिलो हतियार प्रयोग गरेर हत्या भएको अवस्थामा शुक्रबार बिहान घरमा जगरनाथको शव फेला परेको ईलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी निरीक्षक गोविन्द साहले जानकारी दिनुभयाे ।

साहको हत्या कसले र किन गर्‍यो भन्ने खुलिनसकेको र यसबारे अनुसन्धान थालिएको प्रहरी निरीक्षक साहले जानकारी दिनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?