जीप दुर्घटनामा परेर गुल्मीमा एक जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

गुल्मी । गुल्मीमा जीप दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ ।

मालिका गाउँपालिका– २ मा लु १ च ९९११ नम्बरको जीप गए राति खाल्टुङ्ग खोलामा दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार सो जीपका सहचालक बाग्लुङ बडिगाड गाउँपालिका–९ का १८ वर्षका किशोर केसीको मृत्यु भएको हो । सो दुर्घटनामा घाइते जीप चालक प्रेम बहादुर केसीको भने लुम्बिनी मेडिकल कलेज, पाल्पामा उपचार भइरहेको छ ।

उहाँका अनुसार मालिका गाउँपालिकाको दर्लिङ्गबाट बाग्लुङको बडिगाड गाउँपालिकाको भिमगिठेका लागि उक्त जीप हिडेको थियो । ब्रेक फेल भएर जीप दुर्घटना भएको बुझिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?