सबै एकजुट भएर कांग्रेस पार्टीलाई रुपान्तरण गर्न जरुरी छ : जिल्ला सभापति पन्थी

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले कांग्रेस पार्टीलाई रुपान्तरण गर्न सबै एकजुट हुन आवश्यक रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेसको प्रथम कालीगण्डकी गाउँपालिका सम्मेलनमा उहाँले पार्टीलाई रुपान्तरण गर्न सबै तहका कांग्रेस पार्टीका नेता एवम् कार्यकर्ताहरु एकताबद्ध हुन जरुरी रहेको बताउनुभयो ।

सबै एकजुट भएमा पार्टीलाई बलियो बनाउन सकिने उल्लेख गर्दै उहाँले पार्टीको हित विपरीत कुनै पनि क्रियाकलाप नगर्न सबैलाई आग्रह गर्नुभयो । पार्टीलाई क्रियाशील र सशक्त बनाउनका लागि सबै लाग्नुपर्ने उल्लेख गर्नुभयो । कांग्रेस पार्टीको सबै तहको बैठकलाई नियमित बनाउनुपर्ने उहाँको भनाइ छ ।

रेसुङ्गा नगरपालिकाका नगरप्रमुख समेत रहनुभएका सभापतिले कांग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले विकास र जनजिविकाको सबालमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । नागरिककको पक्षमा जनप्रतिनिधिले अहोरात्र खटेर परिणाममुखी काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेस गुल्मीका कोषाध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेय र सह-सचिव छविलाल पाण्डेयले पार्टीको अनुशासनलाई ख्याल गर्न आग्रह गर्नुभयो । उहाँहरुले पार्टीभित्र पनि अनुशासनको अत्यन्तै महत्त्व रहेको बताउनुभयो ।

त्यस्तै, नेपाली कांग्रेसका महासमिति सदस्य वेदबहादुर थापाले स्थानीयस्तरमा कांग्रेस पार्टीको संगठनलाई सबल र सक्षम बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । कांग्रेसका सबै तहका नेता एवम् कार्यकर्ताहरु एकजुट भएर लाग्नुपर्ने बेला आएको उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?