रक्सौलको पाइपलाइन चितवनसम्म पुर्‍याउने, अब सिलगुडीदेखि झापासम्म पनि बनाउने

फाइल तस्वीर

Read Time = 1 min

नयाँ दिल्ली । नेपालमा पेट्रोलियम पदार्थ आयातमा पाइप लाइन विस्तार गर्न भारत सहमत भएको छ ।

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा पेट्रोलियम पदार्थको पाइपलाइन विस्तार गरिने जानकारी दिनुभएको हो ।

रक्सौलदेखि अमलेखगञ्जसम्म रहेको पाइपलाइनलाई विस्तार गरेर चितवनसम्म पुर्‍याउने प्रधानमन्त्री मोदीको भनाइ छ । साथै सिलगुडीबाट झापासम्म पनि पेट्रोलियम पदार्थको पाइपलाइन बनाउने उहाँले जानकारी दिनुभयो ।

चारदिने भारतको औपचारिक भ्रमणका लागि बुधबार दिल्ली पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड र मोदीबीच बिहीबार भेटवार्ता भएको हो । भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

प्रधानमन्त्री प्रचण्ड शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?