ट्रेलरमा ‘बिहे पास’

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘बिहे पास’ को ट्रेलर सार्वजनिक गरिएको छ । दयाहाङ राई र प्रकृति श्रेष्ठको अभिनय रहेको ‘बिहे पास’को ट्रेलर सार्वजनिक गरिएको हो । नयाँवर्ष ०८० को अवसरमा वैशाख १ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचित्रलाई प्रवेश पौडलले निर्देशन गर्नुएको हो ।

आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्मित चलचित्रमा दयाहाङ र प्रकृतिलाई प्रेमीप्रेमीका हुँदै पतिपत्नी बनेकोसम्म देखाइएको छ । कमेडी, सेन्टिमेन्टस र सस्पेन्स रहेको छ ट्रेलरमा ।

रोहित कटेल र रत्न श्रेष्ठले निर्माण गरेको चलचित्रमा दयाहाङ र प्रकृतिका साथमा श्याम राई, बिशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ, प्रकाश भुजेललगायत कलाकारको अभिनय छ । शिव ढकालको छायांकन रहेको चलचित्रका गीतमा प्रवेश मल्लिकको संगीत, डिपी खनालको गीत, शैलेन्द्र प्रधानको पाश्र्व संगीत छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्र मित्र गुरुङले सम्पादन गर्नुभएको हो । मर्रे केर, आकाश बराल र सजन काफ्लेको कथा रहेको चलचित्रको पटकथा र सम्वाद भने आकाश र सजनले तयार पार्नुभएको हो । रोहित कटेलको प्रस्तुति रहेको चलचित्रमा रत्न श्रेष्ठ कार्यकारी निर्माता, रोजन श्रेष्ठ निर्माता, ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?