बझाङः बझाङको बुङ्गल नगरपालिका-६ बड्डीज्यावनवासीले ४ महिना देखि खानेपानीको समस्या झेल्दै आएका छन । सोलार लिफ्टीङ प्रविधि बाट निमार्ण गरिएको खानेपानी आयोजनाको सौर्य उर्जामा समस्या आएपछि गएको माघ महिना देखी गाँउमा खानेपानीको समस्या भएको हो ।
सौर्य उर्जा बिग्रिएर धारामा पानि आउन बन्द भएपछि स्थानियहरु आउदा दाजा एक घण्टा हिडेर हिंडेर वेउर भन्ने ठाउँको पानी बोकेर पिउन बाध्य भएका छन् । पानी ल्याउनु पर्ने ठाँउ बेउर देवताको मन्दीर परिसर भित्र पर्ने भएकाले महिनावारी भएको बेला महिलाले पानी ल्याउन समस्या हुने भएको स्थानियको भनाई छ । सौर्य प्रविधि मर्मतको प्रयास गरेको भए पनि जिल्लामा दक्ष प्राविधिक नहुँदा समस्या भएको छ ।
सोलार लिफ्टीङ प्रविधिबाट खानेपानी आयोजना निमार्ण भएको भएपनि घाम लागेकै दिनमात्र धारामा पानी आउने धेरैजसो बिग्रिरहेने समस्याले त्यँहाका स्थानियले बेलाबेलामा खानेपानीको समस्या खेप्दै आएका छन् । सोलार लिफ्टीङ प्रविधिबारे ज्ञान नहुदा सामान्य बिग्रिए पनि आफुहरुले खानेपानीबाट बन्चित हुनुपरेको स्थानिय हर्क बहादुर बोहराले बताउनु भयो ।
सोलार लिफ्टीङ प्रविधिबाट निर्माण गरीएको उक्त आयोजनाले गाउँमा खानेपानीको प्रयाप्तता नभएपनि घाम लागेको दिनमा विहान सबेरै उठनु परेको थिएन । घरमा खानेपानी कि छैन भन्ने चिन्ता हुदैन थियो । खानेपानी आयोजनाको सौर्य उर्जामा समस्या आएर खानेपानी बन्द भएपछि दुःखका दिन सुरु भएको बड्डीज्यावनकी स्थानिय कलसी धामीले बताउनुभयाे ।
उहाँले भन्नुभयाे, ५/६ परीवारका लागि एउटा धारा निर्माण गरीएको छ तर गाँउमा सबै धारा रित्ता छन् ,पानी आउदैन । पानीको निकै अभाव छ । गाँउका २५ घरधुरीले खानेपानीको अभाव झेल्नु परेको छ । सरसफाइको कुरै छोडौ खानेपानी पनि बोकेर ल्याउनु पर्ने बाध्यता रहेको छ । देउताको मन्दीर परिसर भित्र बाट पानी ल्याउनु पर्ने भएकाले महिनावरी भएको बेला हामीले जान हुदैन । कहिले काँहि पानी बोक्दा बोक्दै छोराछोरीको स्कुल पनि छुट्छ । गाँउमा पुरुष जति कमाईको लागी घर बाहिर जाने भएकाले अधिकांस घर परिवारमा महिला मात्रै हुन्छन ।'
पानी विग्रिए पछि आफुहरुले सास्ती खेप्नु परेको उहाँको भनाई छ ।
खानेपानीको अभाव भए देखि विद्यालयमा विद्यार्थीको उपस्थिति पनि न्युन हुने गरेको महादेव आधारभुत विद्यालयका प्रधानाध्यापक मान बहादुर बोहाराले बताउनु भयो । स्कुले केटाकेटीहरु पानी ल्याउन जान्छन । पानी बोक्दा बोक्दै स्कुलको घण्टी बज्छ । घण्टी लागे पछि विद्यार्थीहरु स्कुल आउदैनन् उहाँले भन्नुभयो ।
बड्डीज्यावन सोलार लिफ्टीङ खानेपानी योजना विं सं. २०७७ सालमा ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना तेस्रो चरणको आर्थिक सहयोगमा ३ किलोवाट क्षमताको सौर्य उर्जाबाट १५ सय मिटर तलको खोलाबाट लिफ्टिङ गरी गाउँमा सोलार लिफ्टिङ प्रविधिबाट खानेपानी आयोजना निर्माण सम्पन्न भएको थियो ।
बिग्रिदा पनि परियोजनालेनै मर्मतका लागी सहयोग गर्ने गरेको भएपनि गत असार बाटै जिल्लामा परियोजनाको कार्यवधि सकिएर अब आफ्नो क्षेत्राधिकार भित्र नपर्ने भन्दै काम गर्न छोडेपछि समस्या भएको छ ।
जिल्ला भित्र लिफ्ट प्रविधि सम्बन्धि ज्ञान भएको दक्ष प्राविधिक नभए पछि दक्ष प्राविधिक काठमाडौ बाट ल्याउनु पर्ने हुन्छ । आफुहरु संग आर्थिक नभएका कारण काठमाण्डो बाट प्राविधिक ल्याउन नसकिएको बड्डीज्यावन सोलार लिफ्टीङ खानेपानी योजनाका अध्यक्ष कल्यान धामीले बताउनु भयो ।
यस विषयमा सम्बन्धित निकायलाई जानकारी गराएको भएपनि चार महिना सम्म कुनै निकायले पनि चासो नदेखाएको स्थानियको गुनासो छ । सोलास लिफ्टीङबाट संचालन भएको उक्त खानेपानीको सौर्य उर्जामा यस अघि गत असार महिनामा पनि चट्याङले क्षति पु¥याएपछि बन्द भएको थियो पछि खानेपानी कार्यालय बझाङको सहयोगमा मर्मत भएको थियो ।
यस बिषयमा बुंगल नगरपालिकाका मेयर जयबहादुर धामीले भने मर्मतका लागि पहल भई रहेको बताउनु भएको छ । उहाँले त्यहाँका स्थानियलाई खानेपानीको समस्या बाट मुक्त गर्न आफुले सक्दो प्रयास गर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच