अल्मुताइरी अफगान फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वमुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरी अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त हुनुभएको छ । अफगानिस्तान फुटबल महासंघले बिहीबार सामाजिक सञ्जालमार्फत् अल्मुताइरी नयाँ मुख्य प्रशिक्षक नियुक्त हुने क्रममा रहेको जनाएको छ ।

अफगानिस्तानको राष्ट्रिय टोलीका लागि काबुलमा हुने छनोट प्रक्रियाका लागि अल्मुताइरीलाई मुख्य प्रशिक्षकमा नियुक्तिको प्रक्रिया अघि बढाइएको हो । अल्मुताइरी र महासंघबीच मौखिक सहमति भइसके पनि केही दिनमा लिखित सम्झौता हुने महासंघले जनाएको छ ।

अल्मुताइरीको प्रशिक्षकत्वमा दुई वर्षअघि नेपाल पहिलोपल्ट साफ च्याम्पियनसिपको फाइनलमा पुगेको थियो । तर, राष्ट्रिय टोलीका खेलाडीसँग विवादपछि उहाँले मुख्य प्रशिक्षकबाट राजीनामा दिनुभएको थियो । दुई महिनाअघि नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डमा उहाँ वर्षको उत्कृष्ट प्रशिक्षक बन्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?