केन्द्रीय अध्यक्षसँग कर्मचारीको अन्तरक्रिया

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । संघीय निजामती सेवा ऐनमा समेटिने बिषयहरुमा कर्मचारीहरुले चासो देखाई रहँदा नेपाल निजामती कर्मचारी युनियन भोजपुरले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

युनियनले बिहिवार जिल्ला सदरमुकाममा केन्द्रिय अध्यक्ष गोपाल प्रसाद पोखरेलको उपस्थितीमा प्रशिक्षण तथा शुभकामना आदन प्रदान कार्यक्रम गरेको हो । सोक्रममा कर्मचारीहरुले देखिएका समस्याका बिषयहरुमा अध्यक्ष पोखरेलसँग छलफल गरेका थिए । कार्यक्रममा संघीय निजामती सेवा ऐन तथा प्रदेश र स्थानीय तहका समसामयिक सवालहरूको बिषयमा समीक्षा र छलफल गरिएको युनियनका जिल्ला अध्यक्ष सिताराम ओझाले बताउनुभयो ।

कार्यक्रममा युनियनका जिल्ला स्थित पदाधिकारी र कर्मचारीका साथै केन्द्रिय बरिष्ट उपाध्यक्ष उत्तम कटवाल, भोजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, कांग्रेस महाधिवेशन प्रतिनिधी गोपाल तामाङ लगायतको पनि सहभागिता रहेको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?