एमालेले टुंग्यायो संसदीय समितिका सदस्यको नाम, संसदको अन्तर्राष्ट्रिय समितिमा ओली

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेकपा एमालेले संसदीय समितिमा रहने सांसदको नाम टुंगो लगाएको छ ।

प्रतिनिधिसभाका दशवटा विषयगत समितिमा दलबाट प्रतिनिधित्व गर्ने सदस्यको नाम टुंगो लगाएर एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले बिहीबार सभामुख देवराज घिमिरेलाई नामावाली बुझाउनुभएको हो ।

नामावली अनुसार अर्थ समितिमा विष्णु पौडेल, पदम गिरी, जुली महतो, सूर्यबहादुर थापा, भगवती चौधरी, अमर रायमाझी, नारायणप्रसाद आचार्य र रणकुमारी बलम्पाकी मगरको नाम मनोनयनका लागि पठाएको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा केपी शर्मा ओली, भीम आचार्य, हरि उप्रेती, सुनिता बराल, देवीप्रकाश भट्टचन, एकनाथ ढकाल, सम्झना थपलिया र दामोदर बैरागीको नाम पठाएको छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रघुवीर महासेठ, शान्ति चौधरी, अमृतादेवी अग्रहरी, हेमराज राई, लालप्रसाद साँवा, रामशंकर यादव, मंगलप्रसाद गुप्ता र लक्ष्मी महतो कोइरीको नाम छ ।

कानुन, न्याय तथा मानव अधिकार समितिमा सुवास नेम्वाङ, महेशकुमार बर्तौला, मनबहादुर गुरुङ, किरणकुमार साह, नैनकला थापा, प्रतिक्षा तिवारी र चन्द्रबहादुर विश्वकर्माको नाम पठाइएको छ ।

यता कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिमा ज्वालाकुमारी शाह, सूर्यप्रकाश ढकाल, बिजुला रायमाझी, सरस्वती सुब्बा, अमृतलाल राजवंशी, गंगाप्रसाद यादव, मानवीर राई र सूर्यकुमारी श्रेष्ठको नाम सिफारिस गरिएको छ ।

महिला तथा सामाजिक मामिला समितिमा टोपबहादुर रायमाझी, ईश्वरीबहादुर रिजाल, शान्ति श्रेष्ठ, शोभा ज्ञवाली, हर्कमाया विश्वकर्मा, आश्मा चौधरी र विना देवीलाई पठाएको छ ।

यसैगरी राज्यव्यवस्था तथा सुशासन समितिमा पृथ्वीसुब्बा गुरुङ, कृष्णगोपाल श्रेष्ठ, रघुजी पन्त, लीलानाथ श्रेष्ठ, राजेन्द्रकुमार राई, बलराम अधिकारी, वासुदेव घिमिरे र मेनकाकुमारी पोखरेलको नाम सिफारिस गरिएको छ ।

पूर्वाधार विकास समितिमा गोकर्ण विष्ट, ठाकुर गैरे, वसन्त नेम्वाङ, महेश बस्नेत, निर्मला कोइराला ९देवकोटा०, दयालबहादुर शाही, प्रेमबहादुर महर्जन र राजकुमार गुप्तालाई पठाइएको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छविलाल विश्वकर्मा, विद्या भट्टराई, प्रभु हजारा दुसाध, ईश्वरी घर्ती, सरिता भुसाल, दिपा शर्मा, उर्मिला थेवे र कालुराम राईको नाम सिफारिस गरिएको छ ।

सार्वजनिक लेखा समितिमा योगेश भट्टराई, गोकुल बास्कोटा, अच्युतप्रसाद मैनाली, दामोदर भण्डारी, ऋषिकेश पोखरेल, सराज अहमद फारुकी, तारा लामा तामाङ र रुक्मणी राना बराइलीको नाम सिफारिस गरिएको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?