संसद बैठक सुरु भएलगत्तै एमाले सांसदको विरोध

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण भएको भन्दै एमालेका सांसदहरुले उठेर विरोध जनाएका छन् ।

बैठक सुरु भएलगत्तै एमालेका सांसद उठेर विरोधको संकेत गरे । त्यसपछि सभामुख देवराज घिमिरेले एमाले प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिनुभयाे । यसपछि प्रमुख सचेतक गिरीले झापामा अध्यक्ष ओलीमाथि आक्रमण भएको र सरकारले दोषीलाई कारबाही गर्न तथा अवान्छित गतिविधि गर्नेलाई नियन्त्रणमा लिन नसकेको बताउनुभयाे ।

साथै माओवादीका अयोग्य लडाकुलाई पैसा बाँड्न थालिएको भन्दै एमालेले सरकारको विरोध गरेको छ । बैठक चलिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?