थप १०३ जनामा कोरोना संक्रमण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपालमा आज १०३ जनामा कोरोना संक्रमण देखिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार देशभर १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ९२५ जनामा कोभिड परीक्षण गरिएको थियो । आज देशभरका विभिन्न अस्पतालबाट ५३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

५४ हजार ३१६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । देशभर सक्रिय संक्रमित ३७५ जना छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?